पोखरा, १३ चैत्र –
नेपाली कांग्रेस नगर वडा कार्य समिति पोखरा–७ को पहिलो बैठक शनिवार पदाधिकारी चयन गर्दै सम्पन्न भएको छ ।
वडा कार्य समिति ७ का सभापति नविनराज बरालको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीका विभिन्न भावि कार्यक्रमहरु तय गर्नुका साथै समितिमा एक–एक जना उपसभापति, सचिव र सह–सचिव समेत निर्वाचित सदस्य मध्येबाट मनोनित गरेको छ । यसरी मनोनित हुनेहरुमा उपसभापतिमा लक्ष्मीराज शर्मा गौतम, सचिवमा थानेश्वर बराल र सह सचिवमा दीपा शर्मा रहेको वडा कार्य समितिका सचिव अनन्त पण्डितले जानकारी दिनुभयो । बैठकको शुरुमै निर्वतमान वडा कार्य समितिका सभापति सरोजनारायण बरालले समितिको माईनुट नवनिर्वाचित सभापति नविनराज बराललाई हस्तान्तरण गर्नुभएको थियो । बैठकले निवर्तमान कार्यसमिति, कृयाशिल सदस्यहरु, निर्वाचन समिति एवं अधिवेशन सम्पन्न गर्न सहयोग पुरयाउने सम्पूणलाई धन्यावाद ज्ञापन गरेको छ । यसैगरी १३ औं महाधिवेशनमा गाउँ, नगर वडा समिति देखी केन्द्रसम्म निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई एवं शुभकामना व्यक्त गरेको छ ।
एकाई समितिले निकट भविष्यमानै बृहत कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको सभापति बरालले जानकारी दिनुभयो । बैठकले निवर्तमान पार्टी सभापति स्वर्गीय शुसिल कोईराला प्रति श्रदाञ्जली व्यक्त गरेको छ । एकाई समितिको बैठक प्रत्येक महिनाको दास्रो शनिवार बस्ने निर्णय भएको समेत सचिव थानेश्वर बरालले जानकारी दिनुभयो । बैठकमा कांग्रेस कास्की क्षेत्र नम्बर ३ का निवर्तमान सभापति सोभाचन्द्र बराल, निवर्तमान पोखरा नगर सभापति विष्णुहरी बराल, क्षेत्रिय कोषाध्यक्ष तोयबहादुर भट्टराई, नगर सचिव सरोजनारायण बराल, लेखनाथ १८ सभापति दिनेश आचार्य लगायतले एकाईको संगठन थप सुदृढीकरण एवं भावि कार्ययोजनाका लागि आ–आफ्नो तर्फबाट सुझाब व्यक्त गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution