प्लाष्टिक निषेधित वडा घोषणाको लागि सचेतना कार्यक्रम सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ चैत्र १३
Post Thumbnail

पोखरा, १३ चैत्र –

गौतम बुद्धमार्ग टोल विकाश संस्था तथा गौतमबुद्ध मार्ग महिला समुहको संयुक्त आयोजनामा शनिवार सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । प्लाष्टिक निशेधित वडा घोषणाको लागि सचेतना साथै बुद्धचोकदेखी गिता मन्दिर, लक्ष्मिनारायण मन्दिर परिसर सम्म सरसफाई गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पत्रकार महासंघको केन्द्रीय सदस्य सुष्मा पौडेलले कास्की जिल्लालाई प्लाष्टिक मुक्त वनाउने नगरपालीकाको अभियानलाई नगरपालीकाको जिम्मेवारी नठानी कस्केलीको अभियानका रुपमा सोचेर सवैले सहयोग गर्नुपर्नेमा जोड दिइन् । उनले पोखरा सफाईका लागि आमा समुह र टोल विकास संस्थाले गरेका कार्यहरु प्रशंसनिय भएको वताइन् ।

गौतम बुद्धमार्ग टोल विकास संस्थाका अध्यक्ष सम्झना अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल विकास संस्थाका सल्लाहकार सिद्धीबहादुर कार्की, आमा समुहका अध्यक्ष खगीसरी पहारी, गौतमबुद्ध मार्ग वाल क्लवका अध्यक्ष प्रशन्न पहारी लगायतले वोलेका थिए । कार्यक्रमको संचालन आमा समुहका कोषाध्यक्ष तथा टोल विकास संस्थाका सदस्य शोभा पहारीले गरेकी थिइन् ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस