पोखरा, १३ चैत्र –
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी राष्ट्रिय मञ्च गण्डकीको दोस्रो अधिवेशनले बलराम सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको उपाध्यक्षद्वयमा हेमराज सुवेदी र गणेश शर्मा, सचिवमा रेशम थापा, सहसचिवमा तुलसी दाहाल, कोषाध्यक्षमा बुद्धिनाथ बाँस्तोला र सदस्यहरुमा नरेन्द्रनाथ ढुङ्गाना, जस बहादुर गुरुङ्ग, राजेश पराजुली, पवित्रमणि पौडेल, सूर्य शाही, लालबहादुर रेग्मी र ध्रुवराज अकेला रहेका छन् ।
अधिवेशनमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी, विशेष अतिथि नेपाल लोकतान्त्रिक यातायात व्यवसायी राष्ट्रिय मञ्च केन्द्रीय अध्यक्ष कृष्ण अधिकारी लगायतले व्यवसायिक हकहित र संरक्षणका बारे बोल्दै अधिवेशनको सफलताको शुभकामना राखेका थिए ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी राष्ट्रिय मञ्च गण्डकीका अध्यक्ष बलराम सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत सहसचिव तुलसी दाहाल र कार्यक्रमको संचालन सचिव रेशम थापाले गरेका थिए ।





