ब्रह्मा रुपा उच्च माबिलाई ब्याडन ब्याडनद्वारा आर्थिक सहयोग

पोखरा ,१३ चैत्र – 

लेखनाथ नगरपालीका १३ जनताको चौतारामा रहेको ब्रह्मा रुपा उच्च माबिलाई जर्मन संस्था ब्याडन ब्याडनले चार कोठे भबन निमार्णको लागी ४ लाख ५० हजार रुपैया सहयोग गरेको छ । जोज ओभर ल्याक नेतृत्वको ११ सदस्यिय टोली र प्रो डा कृष्ण प्रसाद भण्डारी सहितको टोलीले बिधालयको औपचारीक कार्यक्रम मार्फत सहयोग प्रदान गरेका कल्याणकारी समितीका पुर्ब अध्यक्ष धिरज श्रेष्ठले जानकारी दिएका छन । सोही अबसरमा उनीहरुलाई बिधालयका तर्फबाट भजन कृतन स्वागत गरीएको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममा संस्थाका प्रमुख जोज ओभर ल्याकले गरीब र जेहेनदार अध्ययनरत बिधालयमा सहयोग गर्न पाउदा खुसी लागेको बताउदै पछिल्ला दिनमा पनि सहयोग गने प्रतिबद्धता ब्यक्त गरेका छन ।साथै सोही टोलीमा समाबेश प्रो डा. कृष्ण प्रसाद भण्डारीले बिदेशीले गरको यस्तो सहयोग हाम्रो लागी भोलीका दिनमा राम्रो गर्ने प्रेरणको श्रोत भएको बताए।

बिधालयका प्रधानाध्यापक दुर्गालाल पण्डितले संस्थाको सहयोगले बिधालयको भौतीक पुर्बाधार निमार्णमा निकै ठुलो सहयोग पुगेको बताए। साथै उनले सरकारले सञ्चालन गरेको प्राबिधिक तर्फको कम्प्युटर शिक्षा बिधालयमा सञ्चालन भएको र प्राबिधिक जनशक्ति उत्पादन गर्न बिधालयले उल्लेख्य भुमिका खेल्न सक्ने बिश्वास ब्यक्त गरेका छन । बिधालय ब्यबस्थापन समितीका अध्यक्ष चेस बहादुर गुरुङले संस्थाले गरेको सहयोग प्रति खुसी ब्यक्त गरे ।कार्यक्रममा अंग्रजी शिक्षक महेश्बर पण्डितले बिधालयमा भौतीक पुर्बाधार प्रयाप्त भएमा बिधार्थीमा पढाइ प्रति लगन शिलता बढ्ने बताएका छन ।साथै उनले अंग्रेजी शिक्षा आजको अन्तराष्ट्रिय जगतको माग भएकाले यसमा पनि सबै क्षेत्रले ध्यान दिनुपर्ने बताएका छन ।बिधार्थी कल्याणकारी समितिका अध्यक्ष चेस बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बिधालयका सह प्रधानाध्यापक जर्नादन सुबेदी, बिधार्थिका कल्याण कारी समितीका अध्यक्ष सरोज नेपाली,पुर्ब अध्यक्ष धिरज श्रेष्ठले मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन अंग्रेजी शिक्षक महेश्बर पण्डितल गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button