पोखरा, १४ चैत्र –
राप्रपा नेपाल कास्कीले आइतबार कास्की जिल्लाको क्षेत्र नं. २ अन्तर्गत पोखरा १८ मा भेला सम्पन्न गरेको छ ।
हरेक वडा, क्षेत्रमा राप्रपा नेपाल भन्ने राप्रपा नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउनको लागि भेला आयोजना गरिएको अञ्चल सचिव तथा मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै भेलाका प्रमुख अतिथि मोतिमान शाक्यले राष्ट्रिय अभियानलाई सार्थक तुल्याउन सबैको साथ अपरिहार्य भएको बताउँदै धर्मको रक्षा गर्ने पार्टी भएको हुँदा सम्पूर्ण साथ दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष जयलाल पुन, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग, रञ्जना सेन पौडेल, मिना अधिकारी, सुष्मा त्रिपाठी, सुमित्रा केसी, मोहन कार्की, बद्री परियार, बाबुराम परियार लगायतले बोलेका थिए । उक्त अवसरमा पार्टीका नेता स्व.क्षेत्र बहादुर के.सी.को तस्वीरमा माल्यार्पण गरी श्रद्धासुमन व्यक्त गरिएको थियो ।
रमेश त्रिपाठीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन, राजन भण्डारीको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय युवा संगठन र माया गुरुङ्गको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन गठन गरिएको मोर्चाका केन्द्रीय सदस्य शमशेर गुरुङ्गले जानकारी दिनुभयो । कार्यक्रमको संचालन वडा इकाई अध्यक्ष रमेश त्रिपाठीले संचालन गर्नुभएको थियो । उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपालमा प्रवेश गर्ने विभिन्न व्यक्तिहरुलाई प्रमुख अतिथि तथा जिल्ला अध्यक्षले खादा तथा अविर लगाएर स्वागत गरेका थिए ।
स्मरण रहोस्, भोलि १५ गते बुटवलमा हुने हिन्दु जागरण अभियानलाई सफल तुल्याउन कास्कीको टोली आइतबार बुटबल प्रस्थान गरेको छ।





