पोखरा, १४ चैत्र –
गैह्रापाटनस्थित पश्चिमाञ्चल उच्चमाविमा १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई बिदाइ गरिएको छ । उच्चमाविमा अध्ययनरत कक्षा ११ का विद्यार्थीले विभिन्न कार्र्यक्रम गरेर अग्रज विद्यार्थीलाई विदाइ गरेका हुन् ।
विदाई कार्यक्रममा आयोजित विविध सांस्कृतिक कार्यक्रममा कक्षा ११ का विद्यार्थीले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पस्केका थिए । कार्यक्रममा ११ कक्षाको वार्षिक परीषामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै उच्चमाविका प्राचार्य ताराबहादुर घिमिरेले यस्ता कार्यक्रमले विद्यार्थीलाई एकअर्कासँग नजिक गराउने बताए । अग्रजलाई सम्मान गर्दै आयोजना गरिने बिदाइ कार्यक्रमले विद्यार्थीबीच भावनात्मक सम्बन्ध बिस्तार हुने उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले विद्यार्थीले अरुबाट सिकेका कुरा व्यवहारमा लागु गर्नुपर्ने बताए । अग्रजको सिकाइले आगामि दिनमा विद्यार्थीलाई यस्तै कार्यक्रम गर्न सहयोग पुग्ने उनले बताए । स्वागत र बिदाई जस्ता कार्यक्रमले विद्यार्थीबीच एकता कायम हुने उनले बताए । विद्यालयबाट बिदाई भएर गएका विद्यार्थीका लागि विद्यालयको ढोका सधैं खुला रहने उनले बताए ।
फाउण्डेसनका सदस्य गेहेन्द्रेश्वर कोइरालाले विदाई भइ गएका विद्यार्थीको उज्जवल भविश्यको कामना गर्दै शुभकामना दिएका थिए । भविश्यलाइ फलदायी बनाउने गरि अध्ययन गर्न उनले विद्यार्थीलाई अनुरोध पनि गरे । कार्यक्रममा सह प्राचार्य मिनु श्रेष्ठ, एकेडेमिक डिन अमृतकुमार भण्डारी, कोअर्डिनेटर यादब गिरी र शिक्षक मानबहादुर भुजेलले बोलेका थिए । बिदाइ अवसरमा विभिन्न मनोरञ्जानत्मक कार्यक्रम समेत गरिएको थियो । त्यसबाहेक उत्कृष्ट हुने विद्यार्थी र विद्यार्थीको छनौटमा उत्कृष्ट भएका शिक्षकलाइ समेत पुरस्कृत गरियो ।





