अन्तराष्ट्रिय महिला ह्याण्डवल प्रतियोगितामा नेपालले पाकिस्तालाई पराजित गर्दै विजयी सुरुवात

  • पोखरा न्यूज
  • २०७२ चैत्र १५
Post Thumbnail

फैसलावाद(पाकिस्तान), १५ चैत्र –

हालै भारतमा सम्पन्न भएको दक्षिण एसियाली खेलकुद सागको बदला लिदा नेपालले पाकिस्तानलाई घरेलू मैदानमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । पाकिस्तान ह्याण्डवल संघको आयोजनामा पाकिस्तानको फैसलावादमा आइतबार देखि सुरु भएको अन्तरास्ट्रिय आमन्त्रीत महिला ह्याण्डवल प्रतियोगितामा नेपालले पाकिस्तानी राष्ट्रिय टिमलाई २५ गोलको बिरुद्ध २८ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

नेपालको जितमा कप्तान रन्जना राई , उमा राई र प्रभा चौधरी ७-७ गोलको महत्वपूर्ण योगदान दिए । त्यसै गरी पार्वती चौधरी र शान्तिकला राईले ३-३ गोलको योगदान दिएभने भेषकुमारी चौधरीले एक गोल गरीन । १२ औं सागमा तेश्रो भएको पाकिस्तानी टोलीले सागमा नेपाललाई पराजित गर्दा नेपाल चौथो स्थानमा रहेको थियो । करीब एक महिना अघिको वदला उसैको घरेलू मैदानमा हजारौ दर्शकहरु माझ नेपालले पराजित गर्नु ठुलो उपलब्धी भएको नेपाली टिमका मुख्य प्रशिक्षक जिवन बहादुर बस्नेतले बताए । नेपाली टिमको पहिलो दिनको खेल उत्कृष्ट प्रर्दशन भएपछि सहभागि विभिन्न देशका खेलाडी तथा पाहुनाहरुले नेपाली टिमसंग फोटो खिच्न केहि समय व्यबस्त रहेका थिए ।

women handball 2

फैसलावादमा रहेको कृषि विश्वबिद्यालयको परिसरमा वेलुका अवेर आयोजना भएको उक्त प्रतियोगितामा फ्लटलाईट प्रयोग भएको थियो । नेपालले आज सोमबार नेपाली समय अनुसार करीब ४ः३० बजे उज्विकीस्तानसंग खेल्ने भएको छ । यसै विच आईतबार भएको पहिलो खेलमा उज्विकीस्तानले माल्दिप्सलाई २२ को बिरुद्ध ३२ गोल अन्तरले पराजित गरेको छ ।

women handball 3

women handball 4

चैत्र १७ गतेसम्म संचालन हुने प्रतियोगितामा नेपाल, पाकिस्तान, भारत, माल्दीप्स र उज्विकीस्तान गरी पाँच देशको सहभागिता रहेको छ । उक्त प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाईने भएको पाकिस्तानी ह्याण्डवल संघका अध्यक्ष मोहम्मद सफिकले बताए । उक्त प्रतियोगिताको उद्घाटनको अवसरमा तामजामका साथ वाजागाजा एवं विभिन्न सांस्कृतिक कार्यक्रमका साथ आतासवाजी समेत गरीएको थियो। उक्त कार्यक्रमको औपचारीक उद्घाटन फैसलावादको कृषि विश्वबिद्यालयका उपकुलपति डा. ईकारएमद खानले गरेका हुन । उद्घाटनको अवसरमा सहभागि राष्ट्रका खेलाडीहरुले आ–आफ्नो देशको झण्डा सहित मार्च पास गरेका थिए । नेपालको तर्फबाट कम्तान रन्जना रार्ईले नेपालको राष्ट्रिय झण्डा सहित टोलीको नेतृत्व गरेकी हुन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस