किसानहरुलाई उचित क्षतीपूर्ति दिन नेका क्षेत्र नं.४ द्वारा नेपाल सरकारसंग माग

  • पोखरा न्यूज
  • २०७२ चैत्र १५
Post Thumbnail

पोखरा, १५ चैत्र –

नेपाली काँग्रेस क्षेत्र नं.४ कास्कीले एक प्रेश विज्ञप्ति प्रकाशित गरि किसानहरुलाई उचित क्षतीपूर्ति दिन नेपाल सरकार सग माग गरेको छ।

नेपाली काँग्रेस क्षेत्र नं.४ का सभापाति पोषनाथ शर्माद्धारा जारी गरेको विज्ञप्तिमा आइतबार साँझ परेको असिनाका कारण किसानहकरुको वालिनालीमा ठुलो क्षती पुगेको भन्दै किसानहरुलाई तत्काल उचित क्षतीपूर्ति दिन नेपाल सरकार सग माग गरिएको छ।

आईतबार वेलुका आएको असिना पानीले किसानले लगाएको हिउदेवालीलाई ठुलो क्षती पुरयाएको छ क्षतीप्रति पार्टी निकै दुखी बनेको छ ।किसानहरुलाई उचित क्षतीपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसग जोडदार माग रहेको विज्ञप्तिमा भनिएको छ ।

असिना पानीका कारण कास्की जिल्लाका पोखरा उपमहानगरपालिका लेखनाथ नगरपालिका, कास्कीकोट, सराङकोट, ढिकुरपोखरी, लाहाचोक, घाचोक लगाएतका गाविसमा करोडौको हिउँदे बालीनालीमा क्षति पुगेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस