पाकिस्तानमा जारी अन्तराष्ट्रिय आमन्त्रीत महिला ह्याण्डवल प्रतियोगितामा भारतसंग पनि नेपाल पराजित

फैसलावाद (पाकिस्तान), १६ चैत्र –

पाकिस्तानको फैसलावादमा जारी अन्तराष्ट्रिय आमन्त्रीत महिला ह्याण्डवल प्रतियोगिता अन्र्तगत आज को खेलमा पनि नेपाल पराजित भएको छ । सोमबारको दोश्रो खेलमा नेपाल पराजित भएसंगै उक्त प्रतियोगितामा ३ खेल मध्य एकमा जित दुईमा हार व्यहोरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

फैसलावादको कृषि विश्वबिद्यालयको परिसरमा मंगलबार विहान भएको खेलमा नेपाल सागको विजेता भारतसंग १८–३२ को गोल अनत्रले पराजित भएको हो । सोमबार वेलुका सम्पन्न भएको आफ्नो दोश्रो खेलमा नेपाल उज्विकीस्तानसंग पराजित भएको थियो ।

handball in pakistan 2

प्रतियोगिताको दावेदारी प्रस्तुत गरेको उज्विकीस्तानले नेपाललाई ११ गोलको बिरुद्ध ३६ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । सागमा सहभागि भएका आफ्ना टिमका भरपर्दा ५ जना खेलाडीहरु विना मैदानमा उत्र्रिनु परेकोले र आफ्ना केहि खेलाडीहरु घाईते भएका कारणले गर्दा उत्कृष्ट खेल प्रर्दशन गर्न नसकेको नेपाली टिमका मुख्य प्रशिक्षक जिवन बहादुर बस्नेतले बताए । सागमा सहभागि भएका नेपालका भरपर्दा खेलाडीहरु वन्दना राई, जिना राई, कविता राई, प्रेमा शेर्पा र निशा राई विना मैदानमा उत्र्रिदा आफुहरुको विन्स निकै कमजोर भएको बस्नेले जनाए । कप्तान रन्जना राई, उमा राई, पार्वती चौधरीको खुट्टामा चोट लागेको छ । नेपालले आज मंगलबार दुई खेल खेल्ने भएको छ । आज( मंगलबार) वेलुका नेपाली समय अनुसार ६ बजे पछि माल्दीप्ससंग प्रतिष्प्रर्धा गर्दै छ ।

यसै बिच सोमबार विहान भएको खेलमा भारतले आयोजक पाकिस्तानलाई ३० को बिरुद्ध ३६ गोल अन्तरले पराजित गर्यो भने सोमबारको अन्तिम खेलमा भारतले माल्दिप्सलाई २० गोलको बिरुद्ध ४० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । हालै भारतमा सम्पन्न भएको दक्षिण एसियाली खेलकुद सागको वदला लिदा नेपालले पाकिस्तानलाई घरेलू मैदानमा पराजित गर्दै उद्घाटन खेलमा विजयी सुरुवात थियो । पाकिस्तान ह्याण्डवल संघको आयोजनामा पाकिस्तानको फैसलावादमा आइतबार देखि सुरु भएको अन्तराष्ट्रिय आमन्त्रीत महिला ह्याण्डवल प्रतियोगितामा बुधबारसम्म चल्ने भएको छ ।

उक्त प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाईएको पाकिस्तानी ह्याण्डवल संघका अध्यक्ष मोहम्मद सफिकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button