भूतपुर्व खेलाडी मञ्चले चित्रकला प्रतियोगिता गर्ने

  • पोखरा न्यूज
  • २०७२ चैत्र १६
Post Thumbnail

पोखरा, १६ चैत्र –
हालै मात्र अन्राष्ट्रिय पोखरा म्याराथन सम्पन्न गरेको भूतपुर्व खेलाडी मंच नेपालले आफ्ना पुनः गतिविधीलाई अगाडी सारेको छ । पोखरामा सम्पन्न मञ्चको वैठकले “सम्बृद्धि र शान्तिका लागि खेलकुद” भन्ने नाराका साथ चैत २४ गते पोखरामा खुल्ला चित्रकला प्रतियोगिता कार्यक्रम गने निर्णय गरेको छ ।

संयुक्त राष्ट्र संघले विगत ३ वर्ष देखि संसार भरिका आफ्ना सदस्य राष्ट्रहरुलाई खेलकुद मार्फत विश्वका समृद्धि र शान्ति स्थापना गर्ने महत्वपुर्ण घोषणा गरेको अवसरका दिनमा मंचले यो कार्यक्रम गर्न लागेको मंचका महासचिव हरी पराजुलीले जानकारी दिनु भयो । श्रृजनशिल कला केन्द्रको विशेष सहयोगमा आयोजना हुने सो प्रतियोगिता १५ देखि २५ वर्ष उमेर समुहका सहभागी हुने सक्ने छन । प्रतियोगितामा विजयी हुने प्रतियोगीलाई क्रमश प्रथम, द्वितिय र तृतियलाई नगद ५,३,२ हजार र सान्त्वनालाई १ हजार प्रदान गरिने र प्रतियोगिता पोखरा रंगशालामा आयोजना हुनेछ । मंचका कार्यवाहक अध्यक्ष तेज गुरुङ्गको अध्यक्षतामा बसेको वैठकले सो निर्णय गरेको हो ।

यसै विच मंचका आजिवन सदस्य तथा सहारा युकेका संयोजक महेश गुरुङ्ग आफ्नो नेपाल भ्रमण पुरा गरि वेलायत फर्किनु लाग्नु भएकोमा मञ्चले उहाँलाई एक कार्यक्रमका विच विदाई गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस