चौथो लायन्स महाधिवेशन स्थलमा स्वास्थ्य सेवाको विशेष ब्यवस्था हुने

  • पोखरा न्यूज
  • २०७२ चैत्र १७
चौथो लायन्स महाधिवेशन स्थलमा स्वास्थ्य सेवाको विशेष ब्यवस्था हुने

पोखरा, १७ चैत्र –

लायन्स क्लव ईन्टरनेशलन डिष्ट्रिक ३२५ बी १ नेपालको आगामी बैशाख ४ गते पोखरामा सम्पन्न हुन गईरहेको चौथो महाधिवेसनको तयारी तिव्र रुपमा अगाडी बढेको छ । महाधिवेशनलाई सम्पन्न गर्नकोलागि ४६ वटा बिभिन्न उपसमिति गठन गरी तिव्ररुपमा तयारी अगाडी बढाईएको जानकारी कन्भेनर दिनवन्दु पौडेलले दिएका छन ।

महाधिवेशनमा स्वास्थ्य सेवा प्रवाहका सम्वन्धमा तयारीको लागि बसेको स्वास्थ्य ब्यवस्थापन समितिको बैठकले कार्यक्रममा सहभागिहरुको स्वास्थ्यमा अकस्मात आउन सक्ने समस्यालाई मध्यनजर गरी महत्वपुर्ण स्वस्थ्य सेवा प्रवाह गर्ने जनाएको छ । अधिवेसनको समय नजिकिदै गर्दा बिभिन्न समिति र उपसमितिहरुले आफ्ना तोकेएका जिम्मेवारीलाई कसरी अगाडी बढाउने भनी बैठक गरिरहेका छन भने कतिपय समितिहरुको कार्यलाई तिव्रता दिई सकेको मुल आयोजक समितिका सचिव किशोर बरालले जानकारी दिएका छन ।

lions club 1

महाधिबेशनमा सहभागिता सहभागि हुनकोलागि मंगलवार सम्ममा करीव १६ सय ५० जनाले प्री रजिष्ट्रेशन गराई सकेका छन, जस मध्ये बाग्मति क्षेत्रबाट करीव ८ सय र गण्डकी र धवलागिरीबाट ८ सय ५० जना जति रहेका छन ।

अधिबेशन नजिकदै गर्दा बिभिन्न समिति र उप समितिले आफना जिम्मेवारी अनुसारको कार्य अगाडि बढाउने क्रममा मंगलवार स्वास्थ्य ब्यवस्थापन समितिको बैठक समितिका संयोजक शान्ति उदासको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले अधिवेशनमा सहभागि लायन्सका विभिन्न तहका सहभागि लिडरहरुलाई अकस्मातरुपमा पर्न सक्ने विभिन्न स्वास्थ्य समस्याहरुको उपचार र उचित ब्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा केन्द्रीत भएको समितिका सल्लाहकार डा नारण गौतमले बताए ।

महाधिवेशनको दिन सभागृह हलको दाँया स्थानमा सुविद्या समितको आकस्कीक उपचार कक्षको स्थापना गर्ने र चिकित्सक तथा स्वस्थ्यकर्मीहरुले अधिवेशन अवधि भर पुर्णरुपमा सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस अवधिका तीनओटा लायन्सका डिष्ट्रक अन्तरगतका एम्वुलेन्सहरु तैयारी अवस्थामा राखिने निर्णय गरेको छ । आवस्यक औषधि, स्लाईन, सुचर गर्ने सामाग्री, अक्सीजन ,सहित परयाप्त मात्रमा स्वास्थ्य कर्मीले सेवा प्रदान गर्ने समेत निर्णय गरिएको छ ।

त्यसैगरी प्राथमीक उपचार डेस्क सहि छुट्टै स्टलको निर्माण गरी प्राथमीक उपचार सेवा केन्द्रलेखेको ब्यानर टाँगिएको स्थानको ब्यस्था गरिने छ, उपचार सेन्टरमा सुगर (चिनी) रोगका बिरामी भएको आशंका लागेमा सम्वधित डाक्टरले तत्काल डाइनोसिस गर्न चीनी रोगको ल्याव परिक्षण समेत गरिने छ ।

त्यसैगरी ल्बोड प्रसर, तौल,हाईट, र मुटुका विरामीकोलागि आवस्यक भएमा इसिजी समेतको ब्यवस्था गरिने भएको छ । अकस्मात भैपरी आउन सक्ने दैविकप्रकोपलाई मध्यनजर गरी पोखराको गण्डकी मेडिकल कलेज र पश्चििञ्चल क्षेत्रीय अस्पतालको इमर्जेजेन्सी वाडमा २ वटा चियरको ब्यवस्थाकोलागि पत्राचार गरी ब्यवस्था मिलाउने समेत निर्णय गरिएको छ ।

भूकम्प र आगलागिलाई मध्यनजर गरी केही संख्यामा भोलन्टीयरको समेत परिचालन गर्ने समेत बताईएको छ । मृगौला,थाईराईड, ल्बडप्रेसर, मधुमेह, (सुगर) र ग्याष्टिक रोगकावारेमा जानकारी दिन ब्रोसर सम्पुर्ण सहभागिहरुको किट ब्याग मार्फत उपलब्ध गराउने र त्यसकालागि संयोजक शान्ति उदासले प्रायोजन गर्ने बताईएको छ ।

अधिवेशनमा तैनाथ अवस्थाम राख्नकोलागि आवस्यक तीन वटा एम्वुलेन्सलागि आवस्यक पहल गर्ने, ब्यानर,टुइन ल्बास्ट,स्वयंसेवकको ब्यवस्था,रजिष्टरको ब्यवस्था र स्टलको निर्माण ब्यवस्थापनको वारेमा सहसंयोजक नरहरि पौड्याललाई जिम्मा दिईएको छ भने उपचारको लागि आवस्यक सामाग्री र प्राथमिक उपचार र आवस्यक स्वास्थ्यकर्मीको ब्यवस्था,स्वास्थ्य सम्वन्धि ब्रोसरको छपाई, अकस्मात भैपरिआउन सक्ने समस्यालाई मध्यनजर गरी अस्पतालमा २ वटा बेडको लागि आवस्यक पहल स्वयं संयोजक र महाधिवेशनका सहसंयोजक सुचित्रा थापाले गर्ने निर्णय भएको छ ।

त्यसैगरी ग्लुको मिटर र तौल तथा हाईट नाप्ने उपकरण र बिपिसेट स्थेथेस्कोपको ब्यवस्था सल्लाहकार द्धय डा. नारायण गौतम् र बिष्णु चापागाईले गर्ने निर्णय भएका संयोजक उदासले बताईन् ।

समितिको बैठक आवस्यक तथारीको जानकारीकोलागि पुन बस्ने छ । वैठकमा आमन्त्रीत गेष्टकारुपमा अधिवेशन मूल आयोजक समितिका संयोजक दिनवन्दु पौडेल र सहसंयोजक सुचित्रा थापाको उपस्थिति रहेको थियो ।

समितिको संयोजकमा सेतिगण्डकी लायन्सका शान्ति उदास,सहसंयोजकमा न्यूरोड चौतारीका पूर्व अध्यक्ष एवं डिष्ट्रिक मिडिया रिलेसन सदस्य नरहरि पौड्याल, सदस्यहरुमा डा. कृष्ण पौडेल,रन्जिता कर्मचार्य, रहेका छन भने सल्लाहकार हरुमा डा. नारायण गौतम,डा. बिष्ण चापागाई,डा. बसन्त ताम्राकार र इन्दीरा बराल रहेका छन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस