पोखरा, १७ चैत्र –
“हामी सेवा गर्छौ” भन्ने नाराका साथ समाज सेवा गरी आफूभन्दा कम भाग्यमानीहरुको सेवा गर्ने उद्देश्य राखी अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ सँग आवद्ध भई २०१० डिसेम्बर २७ का दिन भैरब मन्दिरको प्राङ्गणमा स्थापना भएको यस लायन्स क्लव अफ पोखरा भैरबको आज एक समारोहबीच २०१६।०१७ का लागि निर्वाचन सम्पन्न भयो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक एवम् क्लवका संस्थापक अध्यक्ष ला.सुरेन्द्रमान विजुक्छेको संयोजकत्वमा ला.सम्मर बहादुर श्रेष्ठ, ला.नरेन्द्र कुमार श्रेष्ठ र ला.सञ्जय कुमार श्रेष्ठ सदस्य रहेको निर्वाचन मण्डलले २०१६।१७ को लागि नयाँ कार्यसमितिको निर्वाचन गराई निर्विरोध निर्वाचित हुनेहरुमा अध्यक्षमा ला.गौतम विजुक्छे, प्रथम उपाध्यक्षमा ला.हरिभक्त पौडेल, द्वितीय उपाध्यक्षमा ला.विनोद द्वा, तृतीय उपाध्यक्षमा ला.जगन्नाथ तिमिल्सिना, सचिवमा ला.श्रीकृष्ण कतिला, कोषाध्यक्षमा ला.भिष्ममणि लामिछाने, सहसचिवमा ला.आनन्द किशोर बाटाजु, सहकोषाध्यक्षमा ला.विनोदराज सुवेदी, सदस्य निर्देशमा ला.बामदेव गौतम, अर्थ निर्देशकमा ला.कृष्ण मल्ल, साहित्य तथा सांस्कृतिक निर्देशकमा शेर बहादुर गुरुङ्ग, टेल टुइस्टरमा ला.सरनकाजी श्रेष्ठ, पि.आर.ओमा ला.रमेश बाटाजु, टेमरमा ला.निल भुजेल, अन्तर्राष्ट्रिय निर्देशमा ला.विक्रम उदास, खेलकुद तथाशिक्षा निर्देशकमा ला.पुष्कर श्रेष्ठ, स्वास्थ्य तथा वातावरण निर्देशकमा ला.निर्मल विजुक्छे, निर्विरोधमा निर्वाचित हुनुभएको घोषणा गर्नुहुँदै निर्वाचन समिति संयोजक ला.सुरेन्द्रमान विजुक्छेले बधाई ज्ञापन गर्दै खाताले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा डिष्ट्रिक ३२५ बी १ को कल्चर कमिटी चियरपर्सन ला.सम्मर बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष ला.नरेन्द्र कुमार श्रेष्ठ, सञ्जय कुमार श्रेष्ठ ला.सुकदेव गौतम लगायत वक्ताहरुले क्लवको भावी योजना तयार पारी सामाजिक कार्यमा लाग्न अनुरोध गर्दै सबैलाई सामाजिक कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै २०१६।०१७ को लागि आफ्नो एकवर्षे कार्यकाल सफलतापूर्वक सबैलाई समेटी सम्पन्न गर्ने विचार नवनिर्विरोध निर्वाचित अध्यक्ष ला.गौतम विजुक्छेले प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष ला.सुरेन्द्रमान विजुक्छे, ला.सम्मर बहादुर श्रेष्ठ, ला.सञ्जय कुमार श्रेष्ठलाई सल्लाहकारमा मनोनयन गरीएको उक्त कार्यक्रममा लायन्स क्लव अफ पोखरा भैरबका अध्यक्ष बुद्ध बहाुदर उदास ताम्राकारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन क्लवका सचिव ला.जगन तिमिल्सिनाले गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution