पाकिस्तानमा अन्तराष्ट्रिय महिला ह्याण्डवल प्रतियोगितामा सहभागि भएर नेपाली टोली विहिबार नेपाल प्रस्थान गर्ने

  • पोखरा न्यूज
  • २०७२ चैत्र १७
पाकिस्तानमा अन्तराष्ट्रिय महिला ह्याण्डवल प्रतियोगितामा सहभागि भएर नेपाली टोली विहिबार नेपाल प्रस्थान गर्ने

फैसलावाद (पाकिस्तान), १७ चैत्र –

पाकिस्तानको फैसलावादमा बुधबार सम्पन्न भएको अन्तराष्ट्रिय आमन्त्रीत महिला ह्याण्डवल प्रतियोगितामा सहभागि भएको नेपाली टोली विहिबार विहानै पाकिस्तानबाट नेपाल प्रस्थान गर्ने भएको छ । नेपाली टोली भारत र पाकिस्तानको वागा वोर्डर हुदै भारतको अमृत शहरबाट नयाँदिल्लीसम्म रेलमार्ग हुदै त्यस पछि सडक माग हुदै टोली काठमाण्डौ आउने भएको नेपाली टिमका व्यबस्थापक प्रविन कुमार ठोकर तामाङले बताए ।

उक्त प्रतियोगितामा ४ खेल मध्य एकमा जित र तीनमा हार भएका कारणले गर्दा नेपाल तेश्रो हुने अवसरबाट चुक्न पुग्यो । माल्दीप्स,पाकिस्तान र नेपालले एक एक खेलमा जित ३-३ मा हार व्यहोरे पनि राउण्ड रोविनका आधामा आयोजक पाकिस्तान तेश्रो भयो । पाकिस्तान र माल्दीप्सको तुलनामा नेपालले धेरै गोल खाएको कारणले गर्दा तेश्रो हुनबाट चुकेको हो । बुधबारको खेलमा आयोजक पाकिस्तानले माल्दीप्सलाई धेरै गोल अन्तरले पराजित गरेको खण्डमा नेपाल तेश्रो हुने सम्भावना रहेको थियो ।

handball 2

५ देश सहभागि भएको प्रतियोगितामा उल्विकीस्तान प्रथम हुदै ५ लाख साष्ग विजेता भारत तेश्रो हुदै ३ लाख र पाकिस्तानले तेश्रो हुदै २ लाख नगदको साथमा ट्रफि मेडल प्रमाण पत्र प्राप्त गरेको हो । उज्विकीस्तानले ४ खेलमा जित हासिल गर्दा भारतले ३ मा जित एकमा हार व्यहोरेको हो । नेपाली टोलीलाई पाकिस्थान प्रबेस गरे देखि सुिरक्षाको घेरामा राखिएकोमा बुधबार केहि समय सपिङ गर्दा समेत कडा सुरक्षाको निघरानी दिएर सपिङ गराएकोे थियो । वाहिरी देशका पाहुना जादा कुनै आतङककारीबाट अमला हुन सक्ने भएकोले पाकिस्तानको ह्याण्डवल संघले सुरक्षाको व्यबस्था मिलाएको हो । खेलाडीहरुलाई राखिएको होटल रिजेन्ट मल देखि खेल मैदान करीब एक घण्टाको बाटो भए पनि प्रहरीले स्कटीङ गरेर लाने ल्याउने गरेको थियो । खेलाडीहरुलाई होटल र खेल मैदान बाहेक आफु खुसि कतै हिड डुल गर्न सुरक्षको दृष्टिले रोक लगाईएको थियो ।

handball  3



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस