पर्यटन संघसंस्थाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने

  • पोखरा न्यूज
  • २०७२ चैत्र १८
Post Thumbnail

पोखरा, १८ चैत्र –

नयाँ वर्षको अवसरमा सामुदायिक सेवा केन्द्र बैदामले अन्तर सामुदायिक तथा अन्तर पर्यटन संघसंस्थावीच मैत्रीपूर्ण भलिबल आयोजना गर्ने भएको छ ।

चैत्र २९ देखि पोखराको बसुन्धरा पार्कमा हुने प्रतियोगितामा सामुदायिकतर्फ ७ तथा पर्यटनतर्फ १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक रमेश पहारीले जानकारी दिए । दुई दिने प्रतियोगितामा दुबै तर्फका विजेतालाई खसि र उप–विजेतालाई बोका तथा कप मेडल प्रमाणपत्र पुरस्कार प्रदान गरिने उनले बताए । आपसमा शुभ–कामना साटनुका साथै आपसि सद्भाव बृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक केन्द्रका उपाध्यक्ष भिम पराजुलीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न झण्डै २ लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष विष्णु भट्टराईले २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् भने अन्य सहयोगीहरुले पनि सहयोग गर्ने क्रम शुरु भएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष समेत रहेको पराजुलीले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस