नेपालमा विद्यमान सामाजिक सुरक्षा निती कार्यान्वयनमा जोड

  • पोखरा न्यूज
  • २०७२ चैत्र १८
नेपालमा विद्यमान सामाजिक सुरक्षा निती कार्यान्वयनमा जोड

पोखरा, १८ चैत्र – 

नेपालमा विद्यमान सामाजिक सुरक्षा निती कार्यन्वयनमा जोड दिइनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । शान्तिका लागी साझा अभियान कोक्याप र सामाजिक सुरक्षा कोषको संयुक्त समन्वयमा मंगलबार आयोजित नेपालमा विद्यमान सामाजिक सुरक्षा निती कार्यन्वयन र अभ्यास बिषयक अन्तक्रिया कार्यक्रममा सहभागीले उक्त कुरामा जोड दिएका हुन् ।

‘हामीले पारदर्शिताको लागी बैंकबाट सामाजिक सुरक्षा भत्ता लागयतका अन्य सहयोगहरु गर्दे आएका छौं’ पोउनपाका बरिष्ठ अधिकृत ओमराज शर्माले भने ‘ कतिपय यसको बिषयमा जानकारी नभएकालाई जानकारीको लागी हामिले बिशेष कार्यक्रम समेत ल्याउदैछौं ’ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले नेपालमा अवस्थित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले पनि यस बिषयमा सहयोग पुर्याउन’ पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा कोषका शाखा अधिकृत मुक्तिराम अर्यालले सैद्धान्तीक रुपमा मात्रै यस्ता कार्यक्रमलाई सिमित गर्न नहुने भन्दै यसलाई अझै विस्तारित रुपमा सबैको पहुँचमा पुर्याउनुपर्ने बताए ।

यस्तै कोक्याप पश्मिाञ्चलका अध्यक्ष राजेन्द्र प्रसाद बस्यालले सबै गैरसरकारी संस्थाहरु हतेमालो गरेर काम गनुपर्ने र नितीको कार्यन्वयनमै जोड दिनुपर्ने बताए । कोक्यापले नेपालका विभिन्न जिल्लाका सामाजिक सुरक्षा सम्बन्धी तथ्याङ्क संकलन गरि त्यसैको आधारमा काम गरिरहेको जनाए ।

यस्तै इन्सेक पश्मिाञ्चल प्रमुख शिव खकुरेल, अपाङ्गता संघका केन्द्रिय सदस्य शिशिर खनाल, अधिवक्ता सरला पाण्डे, जिफन्ट कास्कीका मेघ बहादुर न्यौपाने लगायतका वक्ताहरुले सामाजिक सुरक्षा गम्भिर बिषय भएको भन्दै यसलालाई आधार बनाएर काम गर्ने संस्थाहरुपनि यसको नितीमाथीको कार्यन्वयनमा जोड दिएका थिए ।

कार्यक्रममा कोक्यापबाट पुष्प भुषाल, दिपक बिक, सुर्य पौडेल, उषा बरुवाल, नरेन्द्र भुषाल लगायतले सहजिकरण गरेका थिए । संस्थाका क्षेत्रीय अध्यक्ष राजेन्द्र प्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा कोषका अधिकृत मुक्तिराम अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए भने संचालन संस्थाकी क्षेत्रीय कार्यक्रम अधिकृत सरिता पुरीले गरेकी थिइन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस