पोखरा, १८ चैत्र –
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा–१ वगरले सरससफाई गरेको छ। केन्द्रको १३ औ वार्षिकोत्सवको अवसर पारेर सरसफाई कार्यक्रमको आयोजना गरिएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष जिवन अधिकारीले जानकारी दिईन् ।
नमुना आमा समूह पोखरा– १ भिमकालिपाटन सहकार्यमा केन्द्रले पोखरा–१ टुडिखेल खेल मैदान सरसफाई गरेको हो । कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक मोहनबहादुर खाँणले कुचो लगाएर सरसफाई कार्यक्रमको सुरुवात गरेका थिए ।सामुदायिक सेवा केन्द्र वगर एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष जिवन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष कृष्ण पौडेलले गरेका थिए ।
केन्द्रले वार्षिकोत्सवको अवसर पारेर दोस्रो अन्तर सामुदायिक सेभेन ए साइड मैत्रिपूर्ण फुटबल प्रतियोगिताको गर्दै छ। प्रतियोगिताको तयारी पुरा भएको वार्षिकोत्सव मुल आयोजक समितिका संयोजक विष्णुबहादुर खड्गीले जानकारी दिए । आपसि मेलमिलाप र स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता शुक्रबार देखि शुरु हुदैछ । प्रतियागिता शनिबार सम्म चल्ने छ।
पोखरालाई खेलकुदको शहरको रुपमा विकास गर्दै युवालाई प्रोत्सान, सामुदायिक क्रियाकलाप सञ्चालन गर्न उत्प्रेरण जागाउने उद्देश्यले दोस्रो सेभन ए साईड फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता सम्पन्न गर्नका लागि पाँच लाख १६ हजार खर्च लाग्ने अनुमान गरिएको कार्यक्रम खेलकुद उपसमिति संयोजक शिवराज अधिकारीले जानकारी दिए । प्रतियोगितामा सात टिमको सहभागि हुने अधिकारीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले २५ हजार ट्रफि मेडल र प्रमाण पत्र तथा दोस्रो हुनेले १५ हजार ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् ।
संस्थाले पोखरा उपमहानगर पालिका वडा नं. १,२,३,४,१६,१९,२७,२८,२९ र छिमेकी गाविसमा आफ्ना गतिविधि सञ्चलान गर्दै आएको छ।
संस्थाले विकृति विसंगति न्यूनिकरण, लागू औषध नियन्त्रण गर्ने, ट्राफिक जनचेतना, महिला हिंसा, स्वास्थ, सचेतन, सिपमुलक एवम् रोजगार मुलक तालिम साथै ज्येष्ठ नगारिक सम्मान र असाय अशक्तलाई सहयोग गर्दै आएको छ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution