उत्पादन विमाको व्यवस्था गर्न माग

पोखरा, ८ बैशाख –

राष्ट्रिय कृषक समूह महासंघ कास्कीले बुधबार पोखरामा आयोजना गरेको कास्की जिल्लामा हावा हुरी तथा असीनाले पारेको क्षती विषयक अन्तरक्रिया कार्यक्रममा बुधबार सम्पन्न भएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपाल सरकारले विमा प्रति किसानलाई आकर्षण गरे पनि वर्तमान विमाले किसानलाई राहात दिन नसकेको उनिहरुको भनाई थियो ।उत्पादनको मुल्याड्ढन गरि विमा दिने अभ्यास नभएसम्म किसानलाई विमा आकर्षण नहुने उनिहरुको भनाई थियो ।

गत वर्ष चैतको १४, १५ र १६ गते परेको असिनाले कास्कीमा करिव नौ करोड ३० लाख ५१ हजारको क्षती पुगेको जिल्ला कृषि विकास कार्यालय कास्कीका वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोइरालाले जानकारी दिए।

कार्यक्रममा बोल्दै संसद विकास समिति सभापति रविन्द्र अधिकारीले किसानहरुका समस्या समाधान गर्न आफु लागि पर्ने बताए।तपाईहरुले उठाएका मागहरुलाई सम्वोधन गर्न म संविधन निकायमा पहल गर्नेछु उनले भने– उत्पादन फसल विमा, कृषि ऋणलाई सरलिकरण र असिनालाई पनि दैविक प्रकोपमा पार्ने काममा लाग्नेछु। कास्की क्षेत्र नं.४ की सांसद सिता गिरि ओलीले किसानहरुका समस्यालाई समाधान गर्न आफू सधै लागि पर्ने बताईन् ।

पश्चिमाञ्चल क्षेत्रिय कृषि निर्देशनालय पोखराका क्षेत्रिय निर्देशक वेनिबहादुर वस्नेतले असिनालाई पनि दैविक प्रकोपमा नराखे सम्म किसानले क्षतीपूर्ति पाउन नसक्ने बताए।

राष्ट्रिय कृषक समूह महासंघ कास्कीका अध्यक्ष दयाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सदस्य रामबहादुर हमालले स्वागत र सचिव खेमराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button