नयाँ शक्ति नेपालले पोखरामा अन्तरक्रिया कार्यक्रम गर्ने

पोखरा, ९ बैशाख –

नयाँ शक्ति नेपाल अन्तरिम प्रादेशिक परिषद प्रदेश नं. ४ ले ११ औं लोकतन्त्र दिवसका अवसरमा पोखरामा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरा सिर्जनाचोकस्थित व्हाइट हाउस पार्टी प्यालेसमा बैशाख ११ गते पुर्वान्ह साढे ११ बजे शुरु हुने अन्तरक्रिया कार्यक्रममा नयाँ शक्ति नेपालका नेताहरु मुमाराम खनाल, रामेश्वर खनाल, करिश्मा मानन्धर, केशव दाहाल, सुरेन्द्र चौधरी लगायतले विचार व्यक्त गर्नुहुने प्रदेश नं. ४ प्रादेशिक परिषद संयोजक देवेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

नयाँ शक्ति नेपालको देशव्यापी अन्तरक्रिया कार्यक्रमको अभियान अन्र्तगत पोखरामा उक्त कार्यक्रम गर्न लागिएको अभियन्ता जितबहादुर तमु मामाले जानकारी दिनुभयो । कार्यक्रममा आदिवासी जनजाति लगायत तमु समुदायको विशेष उपस्थिती रहेने अभियन्ता मामाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button