ओलोम्पिक कमिटी सदस्य गुरुङ्ग जापान प्रस्थान

पोखरा, ११ बैशाख –

नेपाल ओलोम्पिक कमिटी सदस्य तेज गुरुङ्ग जापानको होकाइदो सहरमा आयोजना हुने विन्टर आलोम्पिक एशियन गेमको सेभ दि मिसनको बैठकमा सहभागी हुन शनिबार जापान प्रस्थान गर्नु भएकोछ । २०१७ को फेबु्रअरीमा आयोजना हुने विन्टर आलोम्पिक खेलका लागि तयारी स्वरुप हुन लागेको सेभ दि मिसनको बैठक २०१६ अर्पिलको २५, २६ र २७ तारिख मा हुँदैछ । नेपालले उक्त प्रतियोगितामा सहभागीता जनाउने छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपाल ओलोम्पिक कमिटीका तर्फ बाट एन.आर.एन.ए को संयोजक समेत रहनु भएका गुरुङ्गले अर्पिल २८ माएन.आर.एन.ए जापानका पदाधिकारी संग समेत नेपालको खेल विकासका लागि छलफल गर्ने कार्यक्रम तय भएको छ । उहाँले नेपालको खेलकुद बिकासका लागि जापान आलोम्पिक कमिटीका पदाधिकारीहरु संग भेटघाट र छलफल गर्नु हुनेछ । सन २०२० मा जापानले आलोम्पिक खेलकुद आयोजना गर्न लागिरहेको र जापानका तर्फ वाट नेपालको टिम तयारी र खेलकुदका विविध सहयोगका लागि छलफल गर्नुहुने गुरुङ्गले जानकारी गराउनु भएको छ । सन १९६४ मा जापानमा सम्पन्न ओलोम्पिकमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो ।

गुरुङ्गले पोखरा र जापानको कोमागाने शहरका विच भएको भागिनी सम्बन्धलाई खेलकुदका माध्यम बाट समेत जोडन र सम्बन्धलाई बलियो बनाउन कोमागानेका प्रतिनिधीहरु संग विशेष भेटघाट र छलफल गर्नुहुने कार्यक्रम रहेको छ । नेपाल ह्याण्डबल संघका अध्यक्ष रहनु भएका गुरुङ्गले नेपालको ह्याण्डबल खेल बिकासमा सहयोगका लागि जापान ह्याण्डबल महासंघका अध्यक्ष लगाएत पदाधिकारीहरु संग समेत भेटघाट गर्नु हुनेछ ।  उहाँ २०१६ मे ६ तारिख नेपाल फर्कनु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button