लायन्स क्लव अफ पोखरा अन्नपूर्णद्वारा मुस्ताङमा तटबन्ध

पोखरा, १५ बैशाख –

लायन्स क्लव अफ पोखरा अन्नपूर्णको संयोजनमा मुस्ताङ जिल्लाको छैरो गाउँस्थित कालीगण्डकी नदीमा तटवन्ध निर्माण गरिएको छ । अमेरिकाको ट्यासिस अमेरिकन इन्टरनेशनल स्कूलका विद्यार्थीहरुको आर्थिक तथा श्रम सहयोगमा तटबन्ध गरिएको हो । सो गाउँमा कालीगण्डकी नदीले कटान गर्दा जोखिम बढेपछि तटबन्ध गरिएको हो ।

ट्यासिस अमेरिकन इन्टरनेशनल स्कूलका १९ जना विद्यार्थी र छैरो गाउँका १५ जना स्थानीय बासीको जनश्रम जुटाई ४ लाख रुपैयाँ खर्च गरी २५ वटा गेभिन भरिएको हो । लायन्स क्लव अफ पोखरा अन्नपुर्णका पूर्व अध्यक्ष तथा डिष्ट्रिक व्लड बैंक चिफ लायन सोनाम साङ्पो र क्लवका संस्थापक सदस्य लायन ग्याल्पो लामाको संयोजनमा तटबन्ध निर्माण गरिएको हो ।

विगत ४ वर्षयता लायन्स क्लव अफ पोखरा अन्नपूर्णले सो स्थानमा तटबन्ध निर्माणमा सहयोग गर्दै आएको छ । ट्यासिस अमेरिकन इन्टरनेशनल स्कूलका विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर रु २ लाख ५० हजार र क्लवको १ लाख ५० हजार खर्च भएको लायन्स क्लव अफ पोखरा अन्नपूर्णका सचिव लायन दिनेश तुलाचनले जानकारी दिनुभयो । तटबन्ध निर्माण भएपछि करिव ३०० घरपरिवार
लाभान्वित हुनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button