ट्रकको ठक्करबाट एक बृद्धको मृत्यु

पोखरा १६, बैशाख – 

पोखरामा विहिबार ट्रकको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । पोखरा फिर्केपुल नजिकैको सडक क्षेत्रमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक पोखरा १ बगरका ६८ बर्षीय बुद्धि बहादुर गुरुङको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । गुरुङको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराको शव गृहमा राखिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

ग ६ प ९६६६ नम्वरको मोटरसाईकललाई ना ६ ख नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाईकल चालक गुरुङ ठक्करबाट गम्भीर घाईते भएकोले उनको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मृत्यु भएको हो । ट्रक चालक नवलपरासीका पुडा बहादुर महतोलाई कास्की प्रहरीले आफ्जनो नियन्त्रणमा लिएको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button