पोखरा ,१७ बैशाख –
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको टोलीले पोखराका दुईवटा फार्मेसीमा अनगुमन गरेको छ । पोखराको वगरमा रहेको चिरायू मेडिकल र हरिचोकमा रहेको जिनो फार्मेसीको स्थलगत अनुगमन गरेर वितरण संकलन गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर घिमिरे र प्रशासन शाखाको शा.अ. कृष्ण प्रसाद वराल सहितको टोलीले गरेको फार्मेसी अनुगमनमा ति दुई फार्मेसीले स्वीकृति नलिइकन अवैध ढंगले डाक्टर्स क्लिनीक चलाएको पाइए पछि उनीहरुलाई ७ दिन भित्र जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीमा आउन जानकारी गराइएको थियो ।वगरको चिरायू मेडिकलले क्लिनिक दर्ता नगरी ६ जना डाक्टरहरुको वोर्ड झुण्ड्याएको पाइएको थियो । डाक्टरहरुको वोर्ड झुण्ड्याएपनि त्यसमा चिकित्सकहरुको सहमती पत्र र विरामी जाँचेको दर्ता अभिलेख र कर सम्बन्धी कुनै पनि विवरण नराखिएको पाइएको अनुगमनमा खटिएका शा.अ. कृष्ण प्रसाद वरालले प्रतिकृया दिए ।
यस्तै हरिचोकको जिनो फार्मेसीले पनि नियम विपरित फार्मेसी भित्र डाक्टर्स किल्नीक चलाएको पाइएको छ । जिनो फार्मेसीले स्वीकृति विना आठजना डाक्टरहरुको नामको वोर्ड झुण्डाएको छ भने फार्मेसी संगै डेण्टल, ल्याव, एक्सरे समेत सञ्चालन गरेपछि छिनो फार्मेसीका सञ्चालक रुद्र ढकाललाई ३ दिन भित्र जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीमा हाजिर हुन पत्र थमाइएको छ ।कास्की यो लगायत धेरै मेडिकल र फार्मेसीहरुमा स्वीकृति विना डाक्टर्स क्लिनीक ल्याव, एक्सरे सञ्चालन भइरहको पाइएको छ । त्यस तर्फ पनि छानविन गरि नियमन गर्नु जरुरी औल्याएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution