नयाँ शक्तिको युवा संगठनले पृथ्वीचोक सफा गर्यो

पोखरा  १८ बैशाख –

नयाँ शक्तिको युवा संगठन ‘राष्ट्रिय युवा अभियान’ कास्कीले ‘ग्रिन पोखरा,क्लिन पोखरा’ कार्यक्रम पोखराको पृथ्वीचोकबाट सुरु गरेको गरेको छ । शनिबार बिहान ८ बजेबाट पोखराको पृथ्वीचोकमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडीबाट कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा नयाँ कास्कीका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई औपचारीक रुपमा सुरु भएको घोषणा गर्दै ‘ग्रिन पोखरा क्लिन पोखरा’ का कार्यक्रम संयोजक तथा राष्ट्रिय युवा अभियानका केन्द्रीय सम्मेलन आयोजक समितीको सदस्य देब क्षेत्रीले कार्यक्रम एक महिना सम्म प्रत्येक शनिबार चल्ने बताएका थिए । राष्ट्रिय युवा अभियान कास्कीका संयोजक तथा केन्द्रिय सचिवालय सदस्य रेशम योगीले नयाँ शक्तिले नयाँ शक्तिको युवा संगठनले कास्कीमा बन्द हडतालको कुनै पनि कार्यक्रम नगर्ने प्रतिवद्धता पनि जनाएका थिए ।

‘पोखरा सफा बनाउनको लागी पहिला पृथ्वीचोक सफा भए मात्र अन्य क्षेत्र पनि सफा हुने भएकोले गर्दा पृथ्वीचोकबाट अभियानको थालनी गरिएको हो ।’ – राष्ट्रिय युवा अभियान केन्द्रीय भेला आयोजक समितीका सदस्य भरत गुरुङले बताए । सोहि क्रममा राष्ट्रिय युवा अभियान नेपालका केन्द्रिय सचिबालय सदस्य सौगात पोखरेलले आजसम्मका युवाहरु बोल्ने काममा भन्दा उत्पादनका काममा लाग्नुपर्ने बताउदै भने –‘आजको युवाहरुलाई बल्छी दिने भन्दा पनि माछा दिएर फुल्याउने खालको समस्या छ । त्यसकारण अवको युवा आन्दोलन बल्छी लिने दिशातिर जानु पर्ने छ ।’सोहि कार्यक्रममा एक महिनासम्म चल्ने बताउदै अभियानको अर्को श्रृखला बगरमा संचालन हुने आयोजकले जानकारी गराएका थिए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button