कुष्ठरोग निवारण संघको केन्द्रिय सभा पोखरामा सम्पन्न

पोखरा बैशाख १८ गते-

नेपालमा कुष्ठ रोग उन्मूलन भएको भनिए पनि तराईका १३ जिल्लामा भने अझै पनि कुष्ठ रोगी रहेको एक कार्यव्रmममा खुलासा भएको छ ।आज पोखरामा आयोजित नेपाल कुष्ठरोग निवारण संघको ४५ औं केन्द्रिय सभामा बोल्ने वक्ताहरुले सो कुराको खुलासा गरेका हुन् । नेपालका अन्य जिल्लामा उन्मूलन भए पनि जनचेतनाको अभावका कारण तराई कैलाली, कन्चनपुर, दाङ, झापा, मोरङ, सुनसरी, रुपन्देही, कपिलबस्तु र नवलपरासीलगायतका जिल्लमा अझै पनि कुष्ठरोगीहरु रहेको बताइएको छ । पछिल्लो समय नेपालका सबैजसो जिल्लामा पूर्ण रुपमा कुष्ठरोग निर्मूल भए पनि तराईका ती जिल्लामा भने प्रति १० हजारमा ०.८९ प्रतिशत कुष्ठ रोगी रहेका संघका केन्द्रिय सभासद प्रकाश वाग्लेले बताए ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

विश्व स्वास्थ्य सङ्गठनले कुष्ठ रोगलाई विश्वका सबै राष्ट्रबाट प्रति १० हजार मानिसमध्ये १ वा सोभन्दा कम राख्न सफल भएको छ भने नेपालमा सन् २०१५ सम्ममा १ लाख ५७ हजारभन्दा बढी कुष्ठ रोगीहरुले बहु–औषधी उपचार विधिबाट उपचार पुरा गरेका छन् । देशभर हालसम्म कुष्ठ रोगकै कारण ३० हजार जना अपाङ्ग भएका तथ्यांक छ ।संघको पोखरा शाखाको आयोजनामा भएको कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले कुष्ठ रोग लुकाउने प्रवृत्तिका कारण पहिचानको दर निकै कम भएको बताए । रोगीहरुसम्म सचेतनाका कार्यक्रम पुग्न नसक्दा समाजमा खुलेर आउने रोगीहरु नभएको उनको भनाइ छ ।

संस्थाले कुष्ठरोगीहरुलाई आवासदेखि पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरेर उपचारमा लाग्न प्रेरणा दिने काम गर्नुपर्छ, उनले भने–यसका लागि सरोकारवालाको सहयोग अपरिहार्य छ । कुष्ठरोग निवारण संघले नीजि स्वार्थ भन्दा माथि उठेर बिकास र सामाजिक सेवामा समेत आफुलाई समर्पित गर्नुपर्नेमा जोड दिँदै उनले यसको निरन्तरता आवश्यक भएको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, संघका निवर्तमान अध्यक्ष लक्ष्मी दास मानन्धरले पनि शुभकामना दिएका थिए ।
संघका महासचिव डा. रामकुमार श्रेष्ठले बार्षिक प्रतिबेदन पेश गर्दै संघले कुष्ठरोगीलाई लक्षित गरेर छात्राबास, छात्राबृत्ती, सामुदायिक विद्यालय अध्ययन सहयोग, सीप विकास कार्यक्रम, खोकना तथा मालुङ्गा कुष्ठरोगी खाना, पुनःस्थापना जस्ता कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । संघले गत एक बर्षको अवधीमा ३ करोड ५३ लाख आम्दानी गरी २ करोड १५ लाख खर्च गरेको कोषाध्यक्ष इश्वरी शाहले बताइन् ।संघका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघ पोखरा शाखाकी सदस्य नारायणी कोइरालाले गरेकी थिइन् भने पोखरा शाखाका अध्यक्ष नारायण शर्माले स्वागत गरेका थिए ।

संस्थाले कुष्ठ रोगबाट प्रभावित १३ परिवारलाई पोखरा आरोग्य आश्रममा आश्रम दिएर राखेको छ । सङ्घले १८० ओटा आवास गृह बनाई २५८ कुष्ठरोगी परिवारलाई देशका विभिन्न जिल्लामा पुनस्थापना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button