पोखरा, १९ चैत्र –
राजनीतिशास्त्र विभाग पृथ्वीनारायण क्याम्पसले एक कार्यक्रमको आयोजना गरी आफ्नो विभागका प्राध्यापक पद्मशरण रेग्मीको विदाई गरेको छ ।
त्रिविमा करीब ३१ वर्ष प्राध्यापन गर्नुभएका रेग्मी पृथ्वीनारायण क्याम्पसको व्यवस्थापन समिति पूर्व सदस्य तथा राजनीतिशास्त्र विभागका पूर्व अध्यक्ष समेत भएर कार्य गर्नुभएको थियो ।
विभागका अध्यक्ष डा.उमानाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा.देवेन्द्र बहादुर लामिछाने, सहायक क्याम्पस प्रमुखहरु प्रा.विश्व अधिकारी, प्रा.तारा खनाल, सहप्राध्यापक बसन्त पराजुली एवं विभागका सदस्यहरु प्रा.तारा बराल, सहप्राध्यापक लालबहादुर कुँवर, उपप्राध्यापक कमल पौडेल लगायतले प्रा.रेग्मीको व्यक्तित्वको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा सूर्यरत्न शाक्य प्रतिष्ठानका प्रमुख संरक्षक सूर्यरत्न शाक्य, शेरबहादुर तथा पूर्णकुमारी गुरुङ्ग अक्षयकोषका प्रमुख संरक्षक गणेश बहादुर गुरुङ्ग, भुगोल विभागका प्रमुख सहप्राध्यापक विष्णु प्रसाद अधिकारी लगायत विभागका सम्पूर्ण सदस्यहरुले प्राध्यापक रेग्मीको सेवा निवृत्त जीवन सुखशान्ति साथ वितोस्, समाजको सवृद्धिमा समर्पित रहोस् भन्ने कामना गरेका थिए ।
विभागका सदस्य भीमनाथ बरालले संचालन गर्नुभएको उक्त कार्यक्रममा विभागका तर्फबाट प्रा.रेग्मीलाई उपहार, प्रसंसापत्र लगायतले सम्मानसाथ विदाई गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution