सेभेन ए साइड मैत्रिपूर्ण फुटबल प्रतियोगिता सुरु

पोखरा, १९ चैत्र –

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा–१ वगरको आयोजनामा दोस्रो अन्तर सामुदायिक सेभेन ए साइड मैत्रिपूर्ण फुटबल प्रतियोगिता शुरु भएको छ।

आपसि मेलमिलाप र स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता शनिबार सम्म चल्ने छ। १३ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रतियागितामा छ टिमको सहभागिता रहेको छ।

प्रतियोगिताको उद्घाटन खेलमा सामदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र वगरले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकलाई ७–१ ले पराजित गरको छ। त्यसगरी शुक्रबार नै भएको दोस्रो खेलमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ र सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेव केन्द्र माटेपानी विच खेल वरावरारी भएको थियो । पछि ट्राइवेकरमा लेखनथले माटेपानीलाई २–० ले पराजित गरयो। शनिबार सेमिफाइनल र फाईनलका खेल हुने खेलकुद उपसमिति संयोजक शिवराज अधिकारीले जानकारी दिए ।

सेमिफाईनलमा पहिलो खेल सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र वगर र सामाुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बैदाम विच तथा दोस्रो खेल सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ र सामुदायि सेव केन्द्र एवम् सामुदायिक प्रहरी सेवा कालिका वीच सेमिफाईनका खेल हुने छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रिय प्रशाशक शंकरप्रसाद कोइरालाले खेल र खेलाडीका प्रतिभालाई उजागर गर्न यो प्रतियोगिता कोषेढुड्डा सावित हुने बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष मिनराज काफ्ले, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङ र सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका सहसचिव रामभुषण पराजुलीले बोलेका थिए।

पोखरालाई खेलकुदको शहरको रुपमा विकास गर्दै युवालाई प्रोत्सान, सामुदायिक क्रियाकलाप सञ्चालन गर्न उत्प्रेरण जागाउने उद्देश्यले दोस्रो सेभन ए साईड फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुनेले २५ हजार ट्रफि मेडल र प्रमाण पत्र तथा दोस्रो हुनेले १५ हजार ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् ।

सामुदायिक सेवा केन्द्र वगर एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष जिवन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उपाध्यक्ष तथा १३ औ वार्षिकोत्सवका संयोजक विष्णुबहादु खड्गीले स्वागत र सचिव गिरिप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button