हेमजा, २० चैत्र –
नेपाली शिक्षा विभाग, स्नातकोत्तर तह, पृथ्वीनारायण क्याम्पस ‘यात्रा प्रकाशन समूह’को अध्ययन अवलोकन भ्रमण शनीवार सम्पन्न भएको छ ।
भ्रमण अन्र्तगत कास्कीका पर्यटकीय क्षेत्र क्षत्रिय कृषि अनुसन्धान केन्द्र लुम्ले, अस्ट्रेलियन क्याम्प र धम्पुसको अध्ययन अवलोकन गरिएको हो । भ्रमणमा प्रकाशन समूह अङक ६ र ७ का गरी कुल १५ जना पदाधिकारीको सहभागिता रहेको थियो ।
अस्ट्रेलियन क्याम्पमा भएको कार्यक्रममा बोल्दै यात्रा अङक ६ का अध्यक्ष श्रीभद्र पौडेलले प्रकाशन समूहले पत्रिका प्रकाशनका अलवा अध्ययन अवलोकनमा पनि जोड दिनुपर्ने बताउँदै अध्ययन अवलोकनबाट निस्किएको निष्कर्ष नै शोधमूलक हुने बताए । त्यस्तै यात्रा अङक ७ की उपाध्यक्ष मालती कुमालले अध्ययन अवलोकन भ्रमण यात्रा प्रकाशन समूहको ऐतिहासिक र नमूना कार्य भएको टिप्पणी गरिन् ।
यात्रा अङक ७ की उपाध्यक्ष मालती कुमालको अध्यक्षतामा भएको उक्त कार्यक्रम यात्रा अङक ६ का अध्यक्ष श्रीभद्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution