पोखरा, २० चैत्र –
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा–१ वगरले आयोजना गरेको दोस्रो अन्तर सामुदायिक सेभेन ए साइड मैत्रिपूर्ण फुटबल प्रतियोगिताको उपाधी आयोजक वगरले हात पारेको छ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथलाई ट्राईवेकरमा ६–५ को गोल अन्तरले वगरले जित हात पारेको हो ।आयोजक वगरले नगद २५ हजार ट्रफि मेडल र प्रमाण पत्र पायो भने लेखनाथले १५ हजार ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त वुझायो। निर्धारित समयम सम्म दुवै तफै बाट एक एक गोल भएपछि खेल ट्राईवेकरमा पुगेको थियो । प्रतियोगितामा अनुशाशित टिम पृथ्वीचोक, सार्वधिक गोल गर्ने वगरका शिवराज अधिकारी र उत्कृष्ठ खेलाडी लेखनाथका कृष्ण गुरुङ घोषित भए।
कार्यक्रममा संस्थाको क्रियाशिल सदस्यबाट दुर्गा केसी थापा र सामुदायिक प्रहरी सेवा केन्द्र एवमु सामुदायिक प्रहरी सेवा वगरकी इन्चार्ज गिता सुवेदी र हवल्दार तुलबहादुर नेपालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतियोगितामा सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सहयोग गरिएको थियो । प्रतियोगितामा सहयोग गर्ने सवै प्रति म आभारी छु सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी अध्यक्ष जिवन अधिकारीले भनिन्–केन्द्रका हरेक गतिविधिमा यसरी नै सहयोगको अपेक्षा गदर्छु ।
यस अघि प्रतियोगिताको समिफाईनल खेलमा सामदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र वगरले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बैदामलाई ३–१ ले पराजित गरको थियो। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ र सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेव केन्द्र कालिका विच भएको सेमिफाई खेल वरावरारी सोभएको थियो । पछि ट्राइवेकरमा लेखनाथले कालिकालाई २–१ ले पराजित गरयो।
कार्यक्रममा बोल्दै प्रमख अतिथि अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक महेन्द्र पोख्रलेले सामुदाय र प्रहरी वीचको सम्वन्धलाई सुमधुर गर्न यो संस्थाले महत्वपूर्ण योगदान पुरयाएको बताए । कार्यक्रममा सामुदायि सेवा जिल्ला समन्वय समितिका द्धितिय उपाध्यक्ष सोमनाथ वाँस्तोला, अखिल नेपाल फुटबल संघ केन्द्रिय सदस्य फत्तबहादुर गुरुङ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका निवर्तमान अध्यक्ष पुरुषोत्तम श्रेष्ठले बोलेका थिए ।
पोखरालाई खेलकुदको शहरको रुपमा विकास गर्दै युवालाई प्रोत्सान, सामुदायिक क्रियाकलाप सञ्चालन गर्न उत्प्रेरण जागाउने उद्देश्यले संस्थाको १३ औ वार्षिकोत्सवको अवसर पारेर दोस्रो सेभन ए साईड फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोतिामा छ टिमको सहभागिता रहेको थियो ।
सामुदायिक सेवा केन्द्र वगर एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष जिवन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको खेल उपसमिति संयोजक शिवराज अधिकारीले स्वागत र सहसचिव रामभुषण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution