जनसांस्कृतिक महासंघ प्रदेश अध्यक्षमा तिमिल्सिना

पोखरा, २० चैत्र –

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ चार नम्वर प्रदेशको अध्यक्षमा मनहरि तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन्। शनिबार पोखरामा सम्पन्न प्रथम प्रदेश भेलाले तिमिल्सिनालाई अध्यक्षमा निर्वाचित गरेको हो।

महासंघको प्रदेश समिति उपाध्यक्षमा कृष्ण उदासी, मदन भण्डारी, सचिवमा कल्पना थापा, सह–सचिवमा पृथ्वीराज गुरुङ, कोषाध्यक्षमा केशरी घर्तिमगर र सदस्यहरुमा डा. कृष्णराज अधिकारी, दीलिप श्रेष्ठ, मोति शर्मा रेग्मी, कृष्ण अञ्जान ज्ञवाली, भीम रानाभाट, नारायण मरासिनी, सन्दिप क्षेत्री, राम थापा अविरल, बालाकृष्ण श्रेष्ठ, प्रेम हमाल, उषा श्रेष्ठ, परिवर्तन, उमाकान्त खनाल र सीता परियार निर्वाचित भएका छन्।

भेलाले डा. यामबहादुर पौडेल क्षेत्री, पोषराज पौडेल, प्रेमप्रकाश पौडेल, बसन्त बराकोटी, कोविदशरण उपाध्याय, माधव प्रसाद सुवेदी, देवेन्द्र लम्साल र खिमानन्द गिरीलाई सल्लाहकारमा चयन गरेको छ।

बैशाख २४ र २५ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका लागि केशरी घर्तिमगर, कल्पना थापा, उषा श्रेष्ठ, सुशीला क्षेत्री, ज्योति लामिछाने, शारदा घर्ति, पुष्कर बिक, पृथ्वीराज गुरुङ, दीलिप श्रेष्ठ, मोति शर्मा रेग्मी, बालाकृष्ण श्रेष्ठ, राम थापा अविरल, प्रेम हमाल, परिवर्तन, किशोर मनश्वी, कृष्ण अञ्जान ज्ञवाली, सन्दिप खत्री, दुर्गानारायण ढकाल, यामबहादुर गोतामे, कमल भण्डारी, निमानन्द रिजाल चयन भएका छन्।

शनिबार नै सम्पन्न महासंघको प्रदेश भेलाले लेखक, जनकलाकार र चलचित्रकर्मी संघ पनि गठन गरेको छ। लेखक संघको अध्यक्षमा मदन भण्डारी, उपाध्यक्षमा नारायण मरासिनी, सचिव राजेन्द्र पौडेल, सहसचिव दुर्गानारायण ढकाल, कोषाध्यक्ष भीम रानाभाट र सदस्यहरुमा यादवराज उपाध्याय, शैलज पौडेल, रुपिन्द्र प्रभावी कटु, निमानन्द रिजाल, राम थापा अविरल, किशोर मनश्वी, चिन्तु गिरी, आकाश अधिकारी र सुशील थकाली रहेका छन्। त्यसै गरी जनकलाकार संघको प्रदेश अध्यक्षमा कल्पना थापा, उपाध्यक्ष यामबहादुर गोतामे, सचिव कृष्ण अञ्जान ज्ञवाली, सहसचिव पृथ्वीराज गुरुङ, कोषाध्यक्ष उमाकान्त खनाल र सदस्यहरुमा सीता परियार, गोपाल राई, उषा श्रेष्ठ, करन तामाङ, नारायण बिक, नरेन्द्र प्रकाश पौडेल, अञ्जान बिक, सुशीला क्षेत्री र शारदा घर्ति रहेका छन्।

भेलाले चलचित्रकर्मी र नाट्यकर्मीको संयुक्त प्रदेश समितिमा अध्यक्ष कृष्ण उदासी, सचिव कमल भण्डारी, कोषाध्यक्ष परिवर्तन र सदस्यहरुमा शंकर गिरी, मिनराशी गुरुङ, दीपक परियार, हरिबहादुर थापा, पदम बिक र रोशनी गुरुङ चयन गरेको छ।

भेलाको उद्घाटन गर्दै एकीकृत माओवादीका प्रवक्ता तथा पूर्वमन्त्री दीनानाथ शर्माले सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलनको आधारशिला भएको बताए। ‘सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलनको आधार हो। सांस्कृतिक आन्दोलन शक्तिशाली भएर मात्र राजनीतिक रुपान्तरण सम्भव’, शर्माले भने। फरक प्रसङ्गमा नेता शर्माले नेपालजस्तो सानो देशका विरुद्ध गरिएको षड्यन्त्र मान्य नहुने भन्दै संस्कृतिकर्मीबाटै त्यसको प्रतिरोध हुनुपर्ने बताए।

कार्यक्रममा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका नेता गणेश भण्डारीले सांस्कृतिक आन्दोलन नया“ ढंगले अगाडि आउने बताए। ‘हिजो युद्ध थियो, जनवादी क्रान्तिको सपना थियो, हामी त्यसैका लागि सांस्कृतिक कर्ममा समर्पित भयौं, आज परिस्थिति फेरिएको छ, हाम्रो भूमिका पनि समाजवादी संस्कृति निर्माण गर्ने ठाउ“मा आएको छ’, भण्डारीले भने।

भेलामा एकीकृत माओवादी पोलिट्ब्यूरो सदस्य हरिराज अधिकारी, अखिल नेपाल लेखक संघका कार्यबाहक अध्यक्ष विष्णु भण्डारी, निर्माता-निर्देशक युवराज लामा, शिबजी लामिछाने, सर्जकहरु काजी गाउ“ले, परशुराम कोइराला, दलित नेता भीमबहादुर बिक, महिला नेतृ कल्पना पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button