पोखरा, २० चैत्र –
पोखरा १० बुद्ध चोकमा रहेको गोर्खाज् वचत तथा ऋण सहकारी संस्थाले ५९ औं राष्ट्रिय सहकारी दिवसमा आयोजित दोश्रो कास्की जिल्ला अन्तर सहकारी डबल व्याडमिण्टन प्रतियोगिता २०७२ को दोहोरो उपाधि इमेज वचत तथा ऋण सहकारी संस्थाले जितेको छ । प्रथम संस्करणको विजेता समेत रहेको इमेजले अन्तर सहकारी टिम र सञ्चालक समिति दुवै उपाधि जितेको हो ।
खेल खेलौं, सहकार्य गरौं, स्वस्थ्य बनौं नाराका साथ पोखरा १७ मुस्ताङचोकस्थित सिरमोर फिटनेस सेन्टर(गल्फ स्कुल)मा आयोजित अन्तर सहकारी डबल व्याडमिण्टन प्रतियोगितामा विशाल खड्का, राजेन्द्र गुरुङ, लक्ष्मण श्रेष्ठ, सन्तोष कुमार मिश्र, भुगोल गुरुङ, विशाल बस्नेतको इमेजको टिमले फाइनलमा पुइमे वचत तथा ऋण सहकारी संस्थालाई पराजित गर्दै १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको हो ।
उपविजेतामा चित्त बुझाउनु परेको पुइमे वचत तथा ऋण सहकारी संस्थाको शम्भु श्रेष्ठ, अतित गुरुङ, नरबहादुर गुरुङ, विशाल हिराचन, बेन थापा र धिरन रानामगरको टिम १० हजार रुपैया सहित मेडल र प्रमाणपत्रबाट पुरस्कृत बन्यो ।
यसरी नै अमित गुरुङ, पुर्ण लामा, राजेश गुरुङ, देवीप्रसाद गुरुङ, राजकुमार गुरुङ र राजेन्द्र गुरुङ रहेको आयोजक द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र वीरेन्द्र कुवर, प्रदिप लम्साल, तेज गुरुङ, कुशल गुरुङ, शुसिल पौडेल, रेशम आले रहेको कर्मशील वचत तथा ऋण सहकारी संस्था लिमिटेड तेश्रो हुदै जनही ५, ५ हजार रुपैया सहित मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।
यसरी नै अन्तर सहकारी संंचालक समिति व्याडमिण्टन प्रतियोगितामा इमेज सहकारीकै राजकुमार गुरुङ र सन्तोष नेपालीको जोडीले उपाधि चुम्यो । विजेता इमेज ३ हजारसहित पुरस्कृत भयो भने उपाविजेता मझेरीपाटन (बी) बचत तथा ऋण सहकारी संस्थाका राजु गुरुङ र रामजी केसीको जोडी २ हजारसहित पुरस्कृत भयो । प्रतियोगितामा कर्मशीलका केदार भट्टराई र मोहनबाबुको समुह र कालिलेक सहकारीका मीन गुरुङ र छवि शर्मा तेश्रो हुदै एक हजार पाँच सय, एक हजार पाँच सय रुपैयासहित पुरस्कृत बनेको थियो ।
विजेता खेलाडीहरुकोलाई सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका प्रार्चाय बद्रीनाथ अधिकारी र द गोर्खाज वचत तथा ऋण सहकारीका अध्यक्ष क्या.इन्द्रबहादुर गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका प्रार्चाय बद्रीनाथ अधिकारीले विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुहुदै द गोर्खाज् वचत तथा ऋण सहकारी संस्थाले व्याडमिण्टन प्रतियोगिता आयोजना गरेकार सहकारी सँस्कृतिको विकास, खेलकुद मार्फत सहकारीताको सिद्धान्तको प्रयोग,गर्दै खेलकुद विकासका लागि राष्ट्रिय दायित्व पुरा गरेको बताउनुभयो । राष्ट्रिय खेलाडी उत्पादन गर्नु पनि सहकारीको अभियान भएकाले आगामी प्रतियोगिताहरुमा धेरै सहकारीको सहभागीता हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतियोगिता संयोजक मेजर लक्ष्मिप्रसाद गुरुङले सहकारीहरु विच सहकार्य, भाइचारा सम्बन्धको विकास गराउदै खेल मार्फत राष्ट्रको विकासका लागि प्रतियोगिता आयोजना गरेको बताउनुहुदै आगामी वर्षहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिने बताउनुभयो । प्रतियोगितामा ४६ जना खेलाडीको सहभागीता रहेको उहाँले जानकारी दिनुभयो ।
द गोर्खाजु वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष क्या.इन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रतियोगिता आयोजक समितिका सचिव भुपालजंग कुँवरले गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution