लायन्स फिष्टेलद्वारा सरसफाई कार्यक्रम

पोखरा, २१ चैत्र –

बैशाख ४ गते पोखरामा सम्पन्नहुने चौथो माहाधिवेशनको सन्दर्भमा लायन्स क्लव अफ पोखरा फिष्टेलले सरसफाई कार्यक्रम अभियानकारुपमा सञ्चालन गरेको छ ।

अमर शिंहचोक देखि पुरानो बसपार्क सम्मको क्षेत्रमा पोखरा उपमहानगरपालिका र सशस्त्र कालिका गणको सहकार्यमा लायन्स क्लव अफ फिष्टेलको आयोजना कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा अमरशिंह चोक देखि सडक किनाराका बिजुलीका दायाँ,बायाँका पोलहरुमा अब्यवस्थितरुपमा टाँगिएका होडिङबार्ड,पम्प्लेट,ब्यानर र सडक किनारामा रहेको फोहोर मैला हटाईएको हो । बिभिन्न मेला मोहस्सव र ब्यपारी प्रतिष्ठानहरुद्धरा आफ्नो प्रचार प्रसारकोलागि बोर्ड,ब्यानर,पम्प्लेट र होडिङवोर्डहरु बिद्युतको पोलहरुमा टाँग्ने र कार्यक्रम सम्पन्न भईसकेपछि समेत नहटाएका कारण सो क्षेत्र कुरुप बन्दै गएको थियो ।

lions club 3

पोखरा उपमहानगरपालिकाको स्कृतिमा प्रसारकोलागि बोर्ड,ब्यानर,पम्प्लेट र होडिङवोर्डहरु बिद्युतको पोलहरुमा राखिएपनि हटाउन भने कुनै ताकेता नगर्दा सुन्दर नगर कुरुप बन्दै गएपछि फिष्टेल लायन्सले महाधिवेसनको पूर्वसध्यामा यो अभियान सञ्चालन गरेको फिष्टेल लायन्सका पूर्व अध्यक्ष एवं डिष्ट्रिक चिफ एरिया कोओडिनेटर तिर्थलाल श्रेष्ठले बताए ।

‘हाम्रो यस अभियानले नगरपालिकालाई आफ्नो कर्तब्य र जीम्मेवारी बोध गराउने छ भने समाजमा आफ्नो घरआँगन छेउमा सधै सफा राख्नकोलागि उत्प्रेरणा प्रदान गर्ने छ,अभियानले समाजमा चेतनाको सञ्चार हुने आशालिएका छौ’ उनले भने ।

पोखरामा रहेका लायन्स क्लवहरुलाई नगरक्षेत्रको एरिया बिभाजन गरी आफुलाई पायकपर्ने स्थानहरुमा स्थानिय युवा क्लव र आमासमुह हरुको समेत सहभागितामा सरसफाई अभियान सञ्चालन गर्नकोलागि आफुले लायन्स क्लवका लिडर हरुलाई आग्रह गरेको बताउदै आगामी दिनमा यो अभियानलाई सञ्चालनमा ल्याउने श्रेष्ठले बताए ।

लायन्स क्लव अफ फिष्टेलका अध्यक्ष बाबुराम गिरीले आफ्नो क्लवले महाधिवेशनको पूर्व सध्यामा सरसफाई अभियान सञ्चालनमा गरेको बताउदै आगामी दिनहरुमा समेत क्लवले सरसफाईका कार्यक्रमहरु सञ्चालन गर्ने बताए । क्लवले स्वास्थ्य, शिक्षा, खेलकुद, वातावरण, जनतेतना अभिवृद्धी लगायतका कार्यहरु सञ्चालन गरेको बताउदै आगामी दिनहरुमा समेत यसका अलावा समाज सेवाका अन्य कार्यहरु सञ्चालन गर्ने गिरीले बताए ।

कार्यक्रममा लायन्स क्लव अफ पोखरा सेतिगण्डकीका पूर्व अध्यक्ष एवं डिष्ट्रिक एरिया कोओडिनेटर दुर्गा ढकाल, लायन्स क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष एवं स्पोर्टस मेनेगजमेन्ट चियर पर्सन रुद्र बहादुर घले, लायन्स क्लव अफ पोखरा पिससिटीका पूर्व अध्यक्ष एवं मिडिया रिलेसन चियर पर्सन सुदिप ढुङगाना, लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीका पूर्व अध्यक्ष एवं मिडिया रिलेसन सदस्य नरहरि पौड्याल, लायन्स क्लव अफ पोखरा समर्पनका पूर्व अध्यक्ष एवं मिडिया रिलेसन सदस्य रीता पालिखे, लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा आमन्त्रीत अतिथि सशस्त्र प्रहरी गण मालेपाटनका प्रहरी निरिक्षक माधव पण्डीत र पोउमनपा सुरक्षा शाखाका कर्मचारीलाई डिष्ट्रिक चिफ एरिया कोओडिनेटर तिर्थलाल श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button