पोखरा, २२ चैत्र –
स्याङ्जाको चिसापानीमा आगामी बैशाख २ गते देखि बाह्रौ तारासिङ मिलन स्मृति कप वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। सुनगाभा युवा क्लव चिसापानी–४, गुर्जाको आयोजना तथा सयथुंगा युवा क्लव जामुने–४ को सह–आयोजनामा आयोजित प्रतियोगितामा प्रथम हुने टीमले ३७ हजार १२, द्वितीय हुने टीमले २२ हजार १२ र तृतीय हुने टीमले ११ हजार १२ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रचारप्रसार संयोजक गोविन्द थापा सिञ्जालीले जानकारी दिए । खेल संचालन गर्नको लागि शिशिर रानाको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिति गठन गरीएको छ । यस अन्र्तगत सह संयोजकमा सुमन थापा, अतिथी सत्कारमा सिमा थापा, मैदान ब्यबस्थापनमा भक्त थापा चयन भएका छन् । त्यस्तै टिम ब्यबस्थापनमा कोश थापा, मञ्च ब्यबस्थापनमा शंकर थापा चयन भएका छन्। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेन्डर र लिफ्टरका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए । क्लवले प्रतिभावान खेलाडी तारासिङ थापा र मिलन थापाको स्मृतिमा विगत लामो समयदेखि खेल सञ्चालन गर्दै आईरहेको छ ।
सुनगाभा युवा क्लबले आयोजना गरेको यो प्रतियोगिता २७ औं संस्करण हो ।स्याङ्जा, तनहुँ, कास्की लगायतका जिल्लाबाट करिब ३० टीमको सहभागिता रहेको प्रतियोगितामा कुल ४ लाख ३० हजार आम्दानी र ३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । खेलबाट प्राप्त आम्दानी स्थानीय विकास निर्माण तथा खेल क्षेत्रमा खर्च गर्न बनाइएको छ ।
विगतमा झैँ यस वर्ष पनि भलिबल खेलमा विशेष योगदान पुरयाएका प्रतिभावान स्थानीय खेलाडीलाई नगद सहित सुनगाभा युवा पुरस्कार २०७२ बाट सम्मान गर्न क्लवले जनाएको छ । यस अघि सुनगाभा युवा पुरस्कार बाट अन्तराट्रिय खेलाडी तथा रेफ्री टहलसिंह थापा मगर र राष्ट्रिय रेफ्री खुम थापा र राष्ट्रिय रेफ्री अनिल राना सम्मानित भईसकेको कार्यक्रम संयोजक शिशिर रानाले जानकारी दिए । बैशाख ६ गते सम्म संञ्चालन हुने प्रतियोगितालाई सफल पार्न र क्यालेन्डर प्रकाशनको लागि देश बिदेश बाट सहयोग प्राप्त भईरहेको संयोजक रानाले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution