पोखरा, २२ चैत्र –
पोखराका तिनवटा वडामा बेमौसमी तरकारी उत्पादन सम्वन्धि तालिम सम्पन्न भएको छ ।
पोखराको वडा नं. १६, १९ र २८ लाई कार्यक्षेत्र बनाएको धवलागिरी बेमौसमी तरकारी उत्पादन समुहको आयोजना तथा धवलागिरी प्राविधिक शिक्षालय लेते मुस्ताङ्गको सहयोगमा सञ्चालित ३ महिने तालिममा तरकारी उत्पादन तथा व्यवस्थापन विषयमा तालिम दिइएको थियो ।
तालिम समापनका अवसरमा सहभागी २० जना प्रशिक्षार्थीलाई सांसद कुमार खड्काले पमात्रपत्र वितरण गरेका थिए । कार्यक्रममा खड्काले देशको अर्थतन्त्र उकास्न कृषि क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले तालिममा सिकेका कुरालाई व्यावहारमा उर्तादै बेमौसमी तरकारी मार्फत आय आर्जन गर्न सुझाव दिनुभयो ।
समुहका अध्यक्ष अनिता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक दुर्गाबहादुर गुरुङ्ग, नविना हमाल, राजन नेपाली लगायतले बोलेका थिए ।
तरकारी उत्पादनका लागी पोखरा उपमहानगरपालिकाले १ लाख ५५ हजार रुपैया सहयोग प्रदान गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution