
पोखरा, २२ चैत्र –
पोखराको चिप्लेढुङामा प्रधान कार्यालय रहेको सिटी डेभलपमेन्ट बैंक लिमिटेड र पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको ओम फाइनान्स लिमिटेड एक आपसमा मर्ज भएर बनेको राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैकको नामबाट आज सोमबारदेखी एकिकृत कारोबार सुरु गरेका छन । बैंकको सोमबार देखि संयुक्त कारोवारको ओम डेभलपमेन्ट बैंकका अध्यक्ष शुसिल कुमार गोसेली एवं मर्जर समितिका संयोजक राजेन्द्र कुमार वाटाजुले संयुक्त रुपमा अध्यक्षता गर्दै औपचारीक रुपमा पानसमा दियो प्रज्वलन गरी संयुक्त कारोवारको समेत उद्घाटन गरेका हुन ।
क्षेत्रीय स्तरको “ख” वर्गको सिटी र “ग” वर्गको राष्ट्रिय स्तरको फाइनान्स मर्ज पछि बैंकको चुक्ता पुंजी १ अर्ब ५ करोड, निक्षेप १० अर्व ८२ करोड, कर्जा ९ अर्व २२ करोड पुगेको ओम डेभलपमेन्ट बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए । उनका अनुसार उक्त बैंकमा हाल एक लाख ग्राहक संङख्या तथा १६ हजार २ सय ७५ जना शेयरधनि संख्या पुगेको छ ।
मर्जका गत असार २९ गते सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरे सगै ३० गते नेपाल राष्ट्र बैंक लगायत अन्य नियमनकारी निकायको स्वीकृतीका लागि निबेदन दिएका थिए । नेपाल राष्ट्र बैंकले यहि चैत्र ३ गते ओम फाईनान्स लिमिटेलाई गाभिन र सिटी डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभ्न अन्तिम स्विकृति दिए सगै एकिकृत कारेबार सुरु गरेका हुन ।
गाभिएपछि बनेको बैकको अध्यक्षमा सुशिल कुमार गोशली सगै बैक संचालक समितीमा सिटीका ५ र ओमका ४ जना गरि ९ जनाले प्रतिनिधित्व गर्दैछन । यसै गरि प्रमुख कार्यकारी अधिकृतमा सिटीका विश्वमोहन अधिकारी र नायव प्रमुख कार्यकारी अधिकृतमा ओमका बुद्धि कुमार मल्ल रहने भएका हुन ।
सिटीको विभिन्न जिल्लाका स्थानमा १७ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेको थियो भने ओमको ६ जिल्लामा ९ वटा शाखा विस्तार गरेको थियो । मर्ज पछि बैकको दमौलीमा शाखा जुध्ने भएकाले एक शाखालाई स्थानान्तरण गरि शाखा संख्या २५ रहने छ । हाल सिटीका १ सय २९ र ओमका ९० गरि हाल बैंका कर्मचारी संख्या २ सय १९ पुग्नेछ ।
राष्ट्रिय स्तरको विकास बैंकका रुपमा कारोबार सुरु सगै बैकले देशका अन्य भागहरुमा समेत शाखा सेवा बिस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गोसेलीले बताए । बैंकमा हाल ३ वटा एटिएम रहेका छन । सोही अवसरमा लायन्स डिष्ट्रिक गर्भरनर धुर्व थापालाई सम्मान गरीएको थियो ।
उक्त अवसरमा पोखरा उपमहानगरपालीका कार्यालयले अघि सारिएिको प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा कार्यक्रममा बैंकीङ पार्नरको रुपमा काम गर्ने तथा भूकम्प प्रभावितको राहत स्वरुप सहुलियत दर २ प्रतिशतमा आवास कर्जा आब्हानको समेत उद्घाटन भएको छ । पोखरा उपमहानगरपालीका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले नगरपालीकाले पोखरालाई प्लाष्टिक मुक्त शहर बनाउने अभियानमा ओम डेभलपमेन्ट बैंकले सहयोग गरेकोमा धन्यवाद दिदै संस्थाले सामाजिक उत्तरदाहित्य दिगो रुपमा हुने गरी समाजको भुमिका निर्वाह हुने गरी गर्न आग्रह गरे । नेपाल राष्ट्र बैंकका कायम मुकायम निर्देशक अम्मर श्रेष्ठले मर्ज पछि पनि विवाद रहित पार्रदर्श ढंगले काम गर्न आग्रह गर्दै राष्ट्र बैंकले जनगुनासो सुन्ने गरी गुनासो पेटिका समेत बैंकमा उपलब्ध गराएको बताए । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले बर्षेनी ३५ अर्व पुंजि पलायन भएको दाबी गर्दै ११ खर्व विदेशी बैंककमा नेपालीको रकम रहेको दाबी गरे । डेभलपमेन्ट बैंक एशोसिएसनका सदस्य सुर्य प्रसाद तिवारीले मर्जर भएर ठुलो भएका संस्थामा कम जोखिम हुने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले जोखिम न्युनिकरण हुने गरी आपसमा मिलेर संस्थाको गरीमा गण्ढाउने गरी काम गर्न सुझाव दिए ।





