पोखरा, २३ चैत्र –
वेलायतमा सम्पन्न भएकोे एभरेष्ट कप २०१६ को उपाधि मंगोलियन भाञ्जाले जितेको छ । हालै वेलायतमा सम्पन्न भएको उक्त प्रतियोगितामा भाञ्जाले सिग्नलर एफ.सी.लाई १–० को गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाउन सफल भएको हो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा म्यान अफ दी म्याच र हाई स्कोररको उपाधि हिस्ली लामाले प्राप्त गरे । त्यसै गरी भेट्रान्सतर्फ आयोजना भएको फुटवल प्रतियोगितामा पोखरा युनाईटेड एफ.सी.ले केन्टलाई १–० ले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । प्रतियोगितामा म्यान अफ दी म्याचको उपाधि मुन्ना गुरुङ र हाई स्कोररको उपाधि गिरीराज गुरुङले हात पार्न सफल भए । भेट्रान्स तर्फ ८ टिमको सहभागिता रहेको थियो ।
विजयी खेलाडीहरुको टोलीलाई एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङ, रेडिङका काउन्सिलर आस्ले, एलिन, रेडिङ नेप्लिज कम्युनिटीका अध्यक्ष मन गुरुङ, पोरखा मञ्च युकेका अध्यक्ष मनप्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । सहारा युकेले विगतका बर्ष देखि पोखराको सहारा क्लव तथा सहारा एकेडेमीलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । सहारा एफ.सी.ले विगत दुई वर्ष देखि सन्डे लिग समेत गर्दै आएको छ । सन २००८ मा स्थापना भएको सहारा एफ.सी. युकेले सवैलाई समेट्ने उद्धेश्यले विगत ५ बर्ष खदेखि एभरेष्ट कप आयोजना गर्दै आएको हो ।





