मनकामना पोखरा कपको तयारी अन्तिम चरणमा – भिडीयो सहित

  • पोखरा न्यूज
  • २०७२ चैत्र २४
Post Thumbnail

पोखरा, २४ चैत्र –

खेलकुदको राजधानि पोखरामा यही चैत्र ३० गते देखि संचालन हुन लागेको मनकामना केबुलकार पोखरा कप  अन्तराष्ट्रिय फुटवल प्रतियोगिता २०७२ को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख ११ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको तयारी अन्तीम चरणमा पुगेको आयोजक कास्की जिल्ला फुटवल संघ (एन्फा) कास्कीका अध्यक्ष धरमबहादुर लामिछानेले बताए ।

[embedyt] https://www.youtube.com/watch?v=bMruQJIynx4[/embedyt]

प्रतियोगितामा विदेशी टिम सहित नेपालका विभागीय तथा एडिभिजनका क्लवहरु सहित १२ टिमको सहभागिता रहने भएको छ । प्रतियोगितामा सहभागिताका लागि विभागीय टिमहरु नेपाल पुलिस क्लव, नेपाल आर्मी, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, झापा ११, धरान ११, रुपन्देही ११, पोखरा ११ र सिमरा ११ लाई पत्र पठाइएको अध्यक्ष लामिछानेले बताए । विदेशी दुइृ टिम ल्याउने प्रयास जारी रहेको उनले जनाए । प्रतियोगिताको विजेता टोलीलाई यस बर्ष देखि पुरस्कार राषिमा बृद्धि गरीएको छ । प्रतियोगिताको बिजेतालाई ट्रफी सहित ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपबिजेतालाई ट्रफी सहित २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने एन्फा कास्कीले जनाएको छ । यसअघी बिजेतालाई ३ लाख ५५ हजार प्रदान गरिदै आएको थियो भने यस वर्ष पुरस्कारको राशीमा १ लाख ५० हजार रुपैयाँ बृद्धि गरीएको एन्फा कास्कीले जनाएको छ । प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राईकर, फर्वार्ड, डिफेन्डर, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई पनि नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

भूकम्प, त्यस पछि भारतीय नाकावन्दीको कारणले गर्दा माघ महिनामा हुनु पर्ने उक्त प्रतियोगिता यस बर्ष वेमौसममा पनि आफुहरुले गर्न बाध्य भएको लामिछानेले बताए । यस अघी चैत ८ गतेदेखी नै गर्ने भनिएपनि प्राविधिक समस्या आएकोले सारिएको प्रतियोगिता संयोजक मिलन गुरुङले जनाए । उनले भने “अब हाम्रो खेल तालिका अनुसार खेल हुन्छ, यसमा हामीले सागमा स्वर्ण पदक दिलाउने राष्ट्रिय चर्चीत खेलाडीहरुलाई पोखरा रंगशालाको मैदानमा उतार्दै छौं । ”

प्रतियोगिताको मुख्य प्रायोजकमा मनकामना केबुलकार दर्शन प्रालि छ । जसले एन्फा कास्कीलाई बार्षिक १० लाख रुपैया प्रदान गर्दै आएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस