पोखरा-२६ ,चैत
पोखरा नदिपुर स्थित माउन्ट अन्नपुर्ण उच्च मावीमा कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय र माउन्ट अन्नपुर्णको होस्टेलले शुक्रवार विदाई गरेको छ ।
प्रवेशिका परिक्षाको अन्तिम दिनमा विद्यालय र होस्टेलले विद्यार्थीहरुले अवका भविष्यका आफ्ना अध्ययनहरुमा विशेष ध्यान पु्याउन आग्रह गरिएको थियो । कार्यक्रममा कसमस गु्रपका अध्यक्ष तेज गुरुङ्ग, विद्यालयका अध्यक्ष चिजकाजी गुरुङ्ग, विद्यालयका प्रशासक चित्र गुरुङ्ग, होस्टल एन्चार्ज झम गुरुङ्ग र शिक्षक रतिश कान्त झा ले बोलेका थिए । कार्यक्रममा विद्यालयको होस्टेलमा बसेर अध्ययन गर्ने छात्रा जिना पुन र छात्र विनय पालिखेलाई उत्कृष्ट विद्यार्थी सम्मान प्रदान गरिएको थियो । विदाई कार्यक्रममा सवै विद्यार्थीहरु भावुक बनेका थिए ।
माउन्ट अन्नपुर्ण वाट २०७२ सालको प्रवेशिका परिक्षामा ३२ जना सम्मेलित रहेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution