गुरुङ चलचित्र युम्पो देउराली भव्य प्रर्दशन

पोखरा, २७ चैत्र –

अभियान फिल्म प्रोडक्शन प्रालिको सातौं प्रस्तुति गुरुङ भाषा र सँस्कृतिमा आधारित वर्षको उत्कृष्ठ गुरुङ चलचित्र युम्पो देउराली दर्शकहरुको विशेष आग्रहमा शनिवार पोखरामा दुई शो भव्य प्रर्दशन भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कतारमा सम्पन्न आठौं नेफ्टा अवार्ड २०१६ मा उत्कृष्ट आदिवासी चलचित्र अवार्ड प्राप्त, नेपाल चलचित्र विकास बोर्ड मातृभाषी चलचित्र प्रवद्र्धन समितिद्धारा २०७२ सालको वर्षको उत्कृष्ट गुरुङ चलचित्रबाट सम्मानित भए पश्चात दर्शकहरुको माग अनुसार पोखराको तेर्सापट्टिस्थित कल्पना सिनेमा हलमा मध्यान्न १२ बजे र अपरान्ह ३ बजे गरी दुई शो प्रर्दशन गरिएको चलचित्रका निर्माता÷निर्देशक बेदबहादुर गुरुङ श्यामले जानकारी दिनुभयो ।

वरिष्ठ सँस्कृतिकर्मी, चलचित्रकर्मी स्वर्गीय लोकबहादुर गुरुङको अन्तिम कथा, गीत, सगीत रहेको युम्पो देउरालीको प्रदर्शनमा दर्शकहरुको भिडले आफु थप उत्साहित भएको निर्माता निर्देशक गुरुङले बताउनुभयो । घरदैलो गरी टिकट बेच्ने गुरुङ चलचित्रको बाध्यताबाट माथि उठेर काउण्टर सेल बाटै पनि गुरुङ चलचित्रहरु प्रदर्शन गर्न सकिन्छ भन्ने युम्पो देउरालीको दर्शकहरुले प्रमाणित गरेको उहाँले बताउनुभयो । गत वर्ष बैशाख १२ गते युम्पो देउराली चलचित्र प्रर्दशन कै क्रममा विनासकारी महाभुकम्पले प्रर्दशन स्थगित गरिएको थियो ।

चलचित्रमा साजन गुरुङ, धनमाया गुरुङ, लक्ष्मी गुरुङ, बलबहादुर गुरुङ लगायतको अभिनय रहेको छ । चर्चित चलचित्रको निर्माताहरु एकेन्द्र गुरुङ (युके), सिता गुरुङ, दिलिप सिंह गुरुङ(हङकङ), बेदबहादुर गुरुङ(श्याम), मुक्षेत्र गुरुङ(युके), त्रिलोक गुरुङ(मकाउ),मिलन तमु(युके), प्रेमकाजी गुरुङ(अष्ट्रेलिया), दिनेस गुरुङ(अष्ट्रेलिया), कमल गुरुङ(युके) रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button