मनकामना केबलकार पोखरा कपमा १२ टिम सहभागि हुने

ढाका मोहन बराल ( गणेश )

पोखरा, २८ चैत-

खेलकुदको राजधानि मानिने पोखरामा मंगलबार देखि आगामी वैशाख ११ गतेसम्म  संचालन हुन लागेको अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिता मनकामना केबलकार पोखरा कप  २०७२’ को तयारी पुरा भएको छ ।

प्रतियोगितामा एक विदेशी टिम समेत गरी जम्मा  १२ टिमको सहभागिता रहने आयोजक कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरमबहादुर लामिछानेले आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । भारतको दिल्ली एफ.सी., नेपालका प्रख्यात  क्लवहरु  मनाङ मस्र्याङदी क्लव, थ्री स्टार क्लव, सरस्वती क्लव, विभागिय टिम नेपाल पुलिस क्लव, नेपाल आर्मी र सशस्त्र प्रहरी वलको एपिएफ क्लव, मोफसलको चर्चीत क्लव रमपम झापा ११, रुपन्देहि ११, धरान फुटवल क्लव, सिमराको नवजनजागृती क्लव र आयोजक पोखरा ११ गरी १२ टिमको सहभागिता रहने भएको  लामिछानेले बताए ।

प्रतियोगिता संयोजक मिलन गुरुङका अनुसार बिजेता टिमलाई ट्रफी सहित ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपबिजेता टिमलाई ट्रफी सहित २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने  छ । एन्फा कास्कीले यसअघी बिजेतालाई ३ लाख ५५ हजार रुपैया प्रदान गर्दै  आएको थियो भने यो वर्ष पुरस्कारको राशीमा १ लाख ५० हजार रुपैयाँ बृद्धि गरेको  छ ।

प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट फवार्ड, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनहि १५÷१५ हजारका दरले नगदसहित ट्रफी प्रदान गरिने भएको छ भने  उत्कृष्ट हुने खेलाडीलाई एक थान मोटरसार्ईकल प्रदान गरीने भएको छ ।

मुलुकमा देखा परेको संकटका कारण  माघ महिनामा हुनु पर्ने  प्रतियोगिता यस बर्ष वेमौसममा आएर भएपनि आफुहरुले संचालन गर्न लागेको अध्यक्ष लामिछानेले बताए ।  प्रतियोगिता संयोजक मिलन गुरुङले सागमा स्वर्ण पदक दिलाउने राष्ट्रिय चर्चीत खेलाडीहरुलाई पोखरा रंगशालाको मैदानमा उतार्न लागेको दाबी गरे ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा रहेको  मनकामना केबुलकार दर्शन प्रालिले एन्फा कास्कीलाई प्रतियोगिताका अवसरमा हरेक बर्ष  १० लाख रुपैया प्रदान गर्दै आएको छ । आई एम एस प्रालि सहप्रायोजक रहेको  प्रतियोगितामा, लक्ष्मी बैंक लिमिटेड, नारायण थापा र  रबिना थापा उपप्रयोजकमा रहेका छन । प्रतियोगिताको सहयोगीहरुमा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटवल संघ, पोखरा उपमहानगरपालीका, कास्की जिल्ला खेलकुद विकास समिति, एसओएस ग्रुप, पोखरा सिनेप्लेक्स आदि  रहेका छन ।

प्रतियोगिताको उद्घाटन खेल चैत्र ३० गते  मंगलबार सिमराको नवजनजागृती क्लव र सशस्त्र प्रहरी वलको एपिएफका    बिच हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button