मनकामना केबलकार पोखरा कपको उद्घाटन खेल एपिएफ Vs नवजनजागृती क्लव

  • पोखरा न्यूज
  • २०७२ चैत्र २९
Post Thumbnail

पोखरा, २९ चैत्र –

पर्यटकीय नगरी पोखरामा मंगलबार देखि मनकामना केबुलकार पोखरा कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिता २०७२ सुरु हुने भएको छ । पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी वलको एपिएफ बिरुद्ध सिमराको नवजनजागृती क्लव बिच प्रतिष्प्रर्धा हुने भएको छ ।

दुई टिम यस बर्ष पहिलो पटक आमुने सामुने हुन लागेका हुन । एपिएफले ३ जना राष्ट्रिय खेलाडीको साथमा मैदानमा उत्र्रिने तयारी गरी रहदा नवजनजागृतीले भने राति राति नै आफ्नो टिम लियर पोखरा आएको छ । ए डिभिजनका ५ जना अनुभवी खेलाडीहरुको साथमा आफुहरु एपिएफ बिरुद्धकोे खेलमा प्रतिष्प्रर्धा गर्न तयार भएको व्यवस्थापक दिनेश पन्तले बताए । एपिएफका प्रशिक्षक जिवेश पाण्डेले आदित्य चौधरी घाईते, जंबु शेर्पा विरामी भएका कारणले गर्दा अमृत चौधरी, रन्जन विष्ट र मनबहादुर तामाङ गरी ३ जना राष्ट्रिय खेलाडीहरु मैदानमा उत्र्रिने बताए ।

१२ दिनसम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता हुने भएको छ । आगामी वैशाख ११ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा मित्रराष्ट्र भारतको दिल्लीएफ.सी., नेपालका चर्चीत क्लवमनाङ मस्र्याङदी क्लव, थ्री स्टार क्लव, सरस्वती क्लव, विभागिय टिम नेपाल पुलिस क्लव, नेपालआर्मी र सशस्त्रप्रहरी वलको एपिएफक्लव, मोफसलको चर्चीत क्लव रमपमझापा ११, रुपन्देहि ११, धरान फुटवल क्लव, सिमराको नवजनजागृतीक्लव र आयोजकपोखरा ११ गरी १२ टिमको सहभागिता रहने भएको आयोजक कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरमबहादुर लामिछानेले बताए । प्रतियोगिताको बिजेतालाई ट्रफी सहित ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपबिजेतालाई ट्रफी सहित २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँप्रदानगरिने प्रतियोगिताका संयोजकमिलन गुरुङले बताए । यसअघीबिजेतालाई ३ लाख ५५ हजार प्रदानगरिदै आएको थियो भने यस वर्ष पुरस्कारको राशीमा १ लाख ५० हजार रुपैयाँ बृद्धि गरीएको एन्फाकास्कीले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई एक थान मोटरसार्ईकल प्रदान गरीने भएको छ । प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट फवार्ड, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनहि १५÷१५ हजारका दरले नगद सहित ट्रफी प्रदानगरिने भएको छ ।

भूकम्प, त्यस पछि भारतीय नाकावन्दीको कारणले गर्दा माघ महिनामा हुनु पर्ने उक्त प्रतियोगिता यस बर्ष वेमौसममा पनि आफुहरुले गर्न बाध्य भएको लामिछानेले बताए । यस अघी चैत ८ गतेदेखी नै गर्ने भनिए पनि प्राविधिक समस्या आएकोले सारिएको प्रतियोगिता संयोजक मिलन गुरुङले जनाए । प्रतियोगिताको मुख्य प्रायोजकमा मनकामना केबुलकार दर्शन प्रालिरहेको छ । जसले एन्फा कास्कीलाई बार्षिक १० लाख रुपैया प्रायोजना वापत प्रदान गर्दै आएको छ । प्रतियोगितामा आई एम एस प्रालि सहप्रायोजक, नारायण थापा, रबिनाथापा वाल्टीमोर अमेरीका र लक्ष्मी बैंक, लिमिटेड उपप्रयोजकमा रहेका छन । राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटवल संघ, पोखरा उपमहानगरपालीका, कास्कीजिल्ला खेलकुदविकास समिति, पोखरा सिनेप्लेक्स, एसओएस गु्रुपबिशेष सहयोगमा रहेका छन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस