मनकामना केबलकार पोखरा कपको उद्घाटन खेलमा एपिएफको सहज जित

  • पोखरा न्यूज
  • २०७२ चैत्र ३०
Post Thumbnail

पोखरा, ३० चैत्र –

विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लवले पोखरामा आज (मंगलबार) देखि सुरु भएको मनकामना केबुलकार पोखरा कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिता २०७२ को उद्घाटन खेलमा सहज जित हासिल गरेको छ ।

पोखरा रंगशालामा संचालन भएको उद्घाटन खेलमा एपिएफले सिमराको नवजनजागृती क्लवलाई एकतर्फी ४–० को गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । एपिएफको जितमा म्यान अफ दी म्याच घोषित रन्जन विष्टले ह्याट्रिक गर्न सफल भएभने नविन लामाले एक गोल गरे । उद्घाटन खेलमा जित हासिल गरेको एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लवसंग वैशाख ४ गते प्रतिष्प्रर्धा गर्ने भएको हो ।

manakamana cable car cup 5

राष्ट्रिय खेलाडी रन्जन विष्टले खेलको ३ मिनेटमा पाएको अवसरलाई गोलमा परिणत गरी गोलको खाता खोले । सन्तोस श्रेष्ठको क्रस वलमा विष्टले विपक्षि डिफेन्सलाई छल्दै गोल गरेका हुन । खेलको १७ औं मिनेटमा रन्जनले विपक्षि खेलाडी संजय राजवाहाकलाई विट गरी फष्ट वार च्याप्दै गोल गरे । खेलको ४३ औं मिनेटमा नविल लामाले वान भर्सेज वान वललाई फष्ट वार च्यादै प्रहार गरेको वलले जाली चुम्दा पहिलो हापमा एपिएफले ३–० को नतिजा आफ्नो पोल्टामा पार्न सफल भयो । दोश्रो हापको ३ मिनेटमै रन्जनले पुनः एक गोल गरी उक्त प्रतियोगितामा पहिलो ह्याट्रिक गर्न सफल भए । खेलको सुरुवातमै गोल खाएको नवजनजागृतीले एपिएफ बिरुद्ध खासै चार्ज गर्ने कुनै मुभ वनाउन सकेन । दोश्रो हापको अन्तिम समय तर्फ नवजनजागृतीका अनिल गुरुङले करीब ३० यार्ड नजिक पाएको फ्रि किकको अवसरलाई विपक्षि गोलरक्षक अमृत चौधरीले पन्च गरी उत्कृष्ट बचाउ गरी नवजनजागृतीलाई गोल हुन रोकेका हुन ।

दुई टिम यस बर्ष पहिलो पटक आमुने सामुने भएका हुन । एपिएफले ३ जना राष्ट्रिय खेलाडीको साथमा मैदानमा उत्र्रिएको थियो भने नवजनजागृती राति राति नै आफ्नो टिम लियर पोखरा आएको हो । नवजनजागृतीका प्रशिक्षक दधिर क्षेत्रिले आफुहरुलाई छोटो समयमा खवर गरेका कारणले गर्दा जुनियर खेलाडीहरु मैदानमा उत्र्रिनु परेका कारणले गर्दा हार व्यहोर्नु परेको बताए । एपिएफका प्रशिक्षक जनक सिंहले खेलको सुरुवातमै गोल भएकोले जित सहज भएको बताए । अर्को खेलमा राम्रो खेल प्रदर्शन गर्ने उनले जनाए । भोलिको खेल झापा ११ र रुपन्देहि ११ बिच हुने भएको खेल संयोजक मिलन गुरुङले बताए ।

manakamana cable car cup 2

manakamana cable car cup 3

आगामी वैशाख ११ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन पोखरा उपमहानगरपालीका कर्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले गरे । कार्यक्रममा बोल्दै उनले पोखराको खेलकुदको विकासमा नगरपालीकाले सहकार्य गर्न तयार भएको वचन दिए । आयोजक कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरमबहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, संयोजक मिलन गुरुङ, जिल्ला खेलकुद विपकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले वोलेका थिए ।

manakamana cable car cup 6

१२ दिनसम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेतालाई ट्रफी सहित ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपबिजेतालाई ट्रफी सहित २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँप्रदानगरिने प्रतियोगिताका संयोजकमिलन गुरुङले बताए । यसअघीबिजेतालाई ३ लाख ५५ हजार प्रदानगरिदै आएको थियो भने यस वर्ष पुरस्कारको राशीमा १ लाख ५० हजार रुपैयाँ बृद्धि गरीएको एन्फाकास्कीले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई एक थान मोटरसार्ईकल प्रदान गरीने भएको छ । प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट फवार्ड, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनहि १५-१५ हजारका दरले नगद सहित ट्रफी प्रदानगरिने भएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा मनकामना केबुलकार दर्शन प्रालिरहेको छ । जसले एन्फा कास्कीलाई बार्षिक १० लाख रुपैया प्रायोजना वापत प्रदान गर्दै आएको छ । प्रतियोगितामा आई एम एस प्रालि सहप्रायोजक, नारायण थापा, रबिनाथापा वाल्टीमोर अमेरीका र लक्ष्मी बैंक, लिमिटेड उपप्रयोजकमा रहेका छन । राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटवल संघ, पोखरा उपमहानगरपालीका, कास्कीजिल्ला खेलकुदविकास समिति, पोखरा सिनेप्लेक्स, एसओएस गु्रुपबिशेष सहयोगमा रहेका छन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस