पोखरा, १ बैशाख –
हेमाज युनाईटेड पोखरा–२९ हेमजाले आयोजनामा शुभकामना कप फुटबल प्रतियोगिता–२०७३ बुधबार देखि शुरु भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक हेमजा युनाईटेड निलो विजय सुरुवात गरेको छ। हेमजा युनाईटेडले एपेक्सलाई ५–१ गोल अन्तरले पराजित गरयो। हेमजा युनाईटेडबाट जर्सी नं.७ का रविन्द्र कुँवर २, जर्सी नं.१९ का अस्मित कुँवर १ जर्सी नं. ५ का राजन सापकोटाले १ गोल र जर्सी नं. १० का वेद थापाले १ गोल गरेका थिए । एपेक्सको तर्फबाट जर्सी नं. ९ का समिर कार्कीले सान्तवा गोल गरेका थिए ।
बिहिबार विहान आठ वजे नवआदर्श लामाचौर र विष्णुपादुका रातो, दिउसो ११ वजे पाउदुरकोट क्लव र पोखरा फुटबल ट्रेनिङ सेन्टर तथा अन्तिम खेल दिउसो एक वजे त्रिशक्ति युवा क्लव लाहाचोक र विष्णुपादुका क्लव पहले वीच खेल हुने कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए ।
कार्यक्रममा खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदा पु¥याएका यस क्षेत्रका दुई जना राष्ट्रिय खेलाडिलाई सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेमा वंगबन्धु गोल्डकप र सागमा विजेता वनेका यस क्षेत्रका राष्ट्रिय फुटबल खेलाडी मनबहादुर तामाङ र हेमन्त गुरुङ रहेका छन् । उनिहरुलाई नगद पाँच हजार पाँच सहित सम्मान पत्रले सम्मान गरिएको थियो। त्यसैगरि हेमजा युनाईटेडका संस्थापक अध्यक्ष विजय केसीलाई संस्थालाई यो अवस्था सम्म ल्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
यसैगरि प्रतियोगिताको विभिन्न विधमा प्रायोजन गर्ने सन्तोष किराना स्टोर्सका सन्तोस क्षेत्री, लक्ष्मी कुँवर, लक्ष्मी राई जनता हार्डवयरका प्रोपाईटर रविन कुँवरलाई कदर स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । यस अघि कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खजराज पौडेलले एक निर्वाचन क्षेत्रमा एक खेल मैदानको अवधारणामा आफू रहेको बताए । यो खेल मैदानलाई यस क्षेत्रकै क्षेत्रिय खेल मैदन वनाउनका लागि राष्ट्रिय खेलकुद परिषदमा पठाएको उनले जानकारी दिए ।
कार्यक्रममा हेमजा युनाईटेडका सल्लाहकार तथा गाविसका पूर्व अध्यक्ष रामचन्द्र त्रिपाठी, लक्ष्मी कुँवर, पोखरा उपमहानगर पालिका वडा नं. २९ का सचिव ईश्वरीप्रसाद बाँस्तोला, जागरण अभियान नेपालका अध्यक्ष मोतिराज तिमिल्सिना, तमबहादुर रोका मगर, वुद्धदेवी कुँवरले बोलेका थिए ।
युवा एकता र विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता बैशाख ७ गते सम्म गौरी शंकर खेल मैदान गैरीमा चल्ने छ। प्रतियोगितामा १२ टिमको सहभागि रहेको छ। खेलकुदको माध्यमबाट कुलतमा फसेका साथै वेरोजगार युवा युवतीहरुलाई विकृति र विसङ्गति बाट जोगाई सहि बाटो देखाउनका लागि टेवा पुरयाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार एक सय ११, दोस्रा हुनेलाई ६१ हजार एक सय ११, कप मेडल ट्रफि र प्रमाण पत्र प्रदान गरिने हेमजा युनाईटेडका सहसचिव खिमलाल तिमिल्सिनाले जानकारी दिए ।
हेमजा युनाईटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन समाजसेवी भिमप्रसाद श्रेष्ठ र सचिव सरोज सापकोटाले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution