पोखरा, २ बैशाख –
युवा गीतकार हिमलाल पौडेल अभिको सात समुन्द्र पारीबाट नामक गीत सर्वजनिक भएको छ ।
रोजगारीको शिलशिलामा ओमनमा रहेका गितकार पौडेलले सिर्जना गरेको गीतलाई गायक प्रमोद खरेलले स्वर दिएका छन् भने राजशुक्र लिम्बुले संगीत भरेका छन् । यसअघि हलचल एल्वम ल्याएर सांगितिक क्षेत्रमा प्रवेश गरेका पौडेलले गीत सृजनामा रुचि राखेकै कारण विदेशमा रहेरपनि सिर्जनाको कामलाई भने निरन्तरता दिइरहका छन् । पौडेलको गीतमा वैदेशिक रोजगारका लागी विदेशीयका नेपाली युवाहरुको व्यथालाई प्रस्तुत गरिएको छ । हाल युट्युवमा निकै चर्चित बनेको उक्त गीतका गायक प्रमोद खरेलले विदेशमा रहेपनि मन भने स्वदेश र आफ्नै घरपरिवारको माझमा रहेको शन्देश गीतले दिएको बताउनुभयो । आधुनिक गीतको अभाव मेटन पनि गीत सक्षम हुने गायक खरेलको दावी छ ।
पोखरा–१९ घार्मीमा जन्मिएर विगत ८ वर्षदेखि रोजगारीको शिलशिलामा ओमनमा रहेका पौडेलले अन्य थुप्रै गीत लेखेका छन् । यद्यपी २ वटा गीत मात्र रेकर्ड भएको र बाँकी गीत आफू स्वदेश फर्किए पछि रेकर्ड गर्ने बताउनुभयो ।
संगीतकार राजशुक्र लिम्बुले विदेशीएका युवाहरुको गीतलाई बढी मात्रामा श्रोताहरुले मन पराउने दावी गर्नुभयो । गीत सार्वजनिक भएको एक साता पनि स्रोताहरु बढदै गएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution