धरान फुटवल क्लव मनकामना केबुलकार पोखरा कपको क्वाटरफाईनलमा

  • पोखरा न्यूज
  • २०७३ बैशाख २
Post Thumbnail

पोखरा, २ बैशाख –

आयोजक पोखरा ११ लाई घरेलू मैदानमा पराजित गर्दै धरान फुटवल क्लव पोखरामा जारी मनकामना केबुलकार पोखरा कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिता २०७२ को क्वाटरफाईनलमा प्रबेस गरेको छ ।

पोखरा रंगशालामा विहिबार भएको तेश्रो प्रि–क्वाटरफाईनल खेलमा धरानले पोखरा ११ लाई १–० को कठिन जित निकाल्दै गरी उक्त प्रतियोगिताको अन्तिम आठमा यात्रा पक्का गरेको हो । धराजको जितमा तिर्थ बस्नेत नायक बने । उनले खेलको ७३ औं मिनेटमा गरेको गोल नै निर्णायक वन्न पुग्यो । हेमन्त तामाङले मध्य भागबाट दिएको वललाई बस्नेतले विपक्षि डिफेन्सलाईन र गोलकिपरलाई छल्दै उत्कृष्ट गोल गरेका हुन । जितसंगै धरानले सेमिफाईनल यात्राको लागि वैशाख ७ गते पाहुना टोली भारतको दिल्ली युनाईटेडसंग प्रतिष्प्रर्धा गर्ने भएको छ ।

पोखरेली य्ुवा तथा नयाँ खेलाडीहरु समेटेको पोखरा ११ ले पाएका आधा दर्जन भन्दा बढी गोल गर्ने राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अन्ततः उक्त प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिनु पर्यो । धरानका गोलरक्षक विनय श्रेष्ठ भने खेलको म्यान अफ दी म्याच घोषित भए ।

खेलको ४१ औं मिनेटमा पोखराका राकेस गुरुङले हानेको कर्नर वल सुनिल विकले हेड गर्दा विपक्षि गोलरक्षक विनय श्रेष्ठले पन्च गरी रिवाण्ड भएको वललाई गोललाईन नजिकैबाट लक्ष्मण रुचालले क्लीयर गरे । त्यसै गरी राकेश गुरुङ, टंक गुरुङ, कप्तान उत्तम गुरुङ, सुनिल लामा लगायतका खेलाडीहरुले पाएका केहि अवसरहरु खेर जादा आयोजक पोखरा उक्त प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो हाप र दोश्रो हापको करीब आधाजसो समय धरानलाई आफ्नो दवाबमा पारेको पोखराले फिनिसिङ गर्न नसक्दा ७३ औं मिनेटमा गोल खाए पछि दवादमा खेल्नु परेको थियो ।

पोखराका प्रशिक्षक ईश्वर गुरुङ (चन्द्र) ले आफुहरुले पाएको अवसर गोलमा परिणत हुन नसक्दा हार भएको बताए । उनले भने“आज हाम्रो व्याड लक भयो, हाम्रा सवै पोखराका नयाँ खेलाडीहरु छन । ” धरानका प्रशिक्षक सुवास केसीले विपक्षि टिमको घरेलु मैदान भएको कारणले गर्दा उनीहरुसंग दवावमा परेर खेले पनि आफुहरुले पाएको एक अवसरलाई खेलाडीले सदुपयोग गर्दा जित आफ्नो पोल्टामा परेको बताए । भोलि अन्तिम प्रि–क्वाटरफाईनल खेल त्रिभुवन आर्मी क्लव बिरुद्ध सरस्वती क्लव बिच हुने भएको खेल संयोजक मिलन गुरुङले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस