
पोखरा, ०३ बैशाख –
नौ दिनको भु–समाधी सम्पन्न गर्नुभएका सिद्धबाबा कृष्णदास महाराजको शनिवार पोखरामा रथारोहण गरिने भएको छ ।
विहान १०ः३० बजे समाधीस्थल रामघाटबाट नदिपुरस्थित नारायणस्थानसम्म रथारोहण गरिने रामानन्द सेवा पिठका अध्यक्ष मदन शर्माले जानकारी दिनुभयो । त्यसपछि प्रसाद, जल माटो, र जमरा वितरण गरिने आयोजकले जनाएको छ । शुक्रवार समाधीस्थलमा उपस्थित हुनुभएका सबैलाई धन्यवाद दिदै शनिवारको रथारोहण कार्यक्रममा पनि उत्साहजनक सहभागिताका लागि उहाँले आग्रह गर्नुभएको छ । गुरुको पोखरामा सम्पन्न भु–समाधीले धार्मिक पर्यटन प्रवद्धनका लागि समेत टेवा पुगेको शर्माले बताउनुभयो ।
साथै वैशाख ६ गते पोखराका विभिन्न धार्मिक संसंस्थाले सिद्धबाबालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । विन्दवासीनी धार्मिक क्षेत्र विकास समिति, नाराणस्थान धार्मिक क्षेत्र विकास समिति, रामानन्दचार्य सेवा पिठ, नरनारायण बाबा आश्रम लगायतले सम्मान गर्ने बताइएको छ।
बेदमा आधारित विज्ञानको साथ लिदै विना अक्सिजन पर्यटकीय नगरी पोखरामा चैत २६ गते देखि समाधीमा रहनुभएका गुरु सिद्धबाबाले शुक्रवार बिहान ९ बजेर ३५ मिनेट जादाँ समाधी खोलिएको थियो ।





