विश्व क्रिकेट लिगमा नेपालको पहिलो जित, नामिबियालाई हरायो

काठमाडौं, ०४  वैशाख  –

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियासँगको खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले नामिबियालाई पाँच विकेटले हराएको हो ।

नामिबियाले प्रस्तुत गरेको एक सय ९६ रनको लक्ष नेपालले  ४७ दशमलव १ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि शरद भेषवाकरले ९९ बलमा नटआउट ५०  तथा विनोद भण्डारीले ४९ बलमा नटआउट  ४० रन बनाए ।

यस्तै कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले समान २१, नरेश बुढाएरले १६, राजेश पुलामीले ९, राजु रिजालले ६ रन बनाए । नामिबियाका सारेल बर्गर र गेरी साइमनले समान दुई दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ९५ रन बनायो । उसका लागि सारेल बर्गर ३८, पिम्की या फ्रान्सले २६, गेरहार्ड इरासमसले २५, गेरी स्नाइमनले २३ तथा कप्तान स्टीफन बार्ड र निकोलाश स्चोल्टज्ले समान १८ रन बनाए । जेन ग्रिनले १४ रन बनाए ।

नेपालका बसन्त रेग्मीले र सोमपाल कामीले समान तीन तीन तथा कप्तान पारस खड्का र सन्दिप लामिछानेले एक एक विकेट लिए । यो जितसँगै नेपालको विश्वकप छनौट खेल्ने सम्भावना कायम भएको छ । ८ टोली सहभागी प्रतियोगितामा शीर्ष चारमा रहने टोलीले विश्वकपको छनौट खेल्न पाउँनेछन् । नेपाल यसअघि खेलका चार खेलमा भने पराजित भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button