पोखरा, ०४ बैशाख –
सशस्त्र प्रहरी वल एपिएफका रन्जन विष्टको दुई गोलको मद्धतले एपिएफ पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटवल प्रतियोगिता २०७२ को सेमिफाईनलमा प्रबेस गरेको छ ।
शनिबार भएको पहिलो क्वाटरफाईनल खेलमा एपिएफले विराट गोल्ड कपको विजेता नेपाल पुलिसलाई २–० को गोल अन्तरले पराजित गर्दै मनकामना केबुलकार पोखरा कप फुटवल प्रतियोगितामा पहिलो पटक सेमिफाईनलमा यात्रा बनाएको हो । यस अघि एपिएफले क्वाटरफाईनलबाट माथिको यात्रा बनाएको थिएन । शनिबारको खेलमा म्यान अफ दी म्याच समेत घोषित भएका विष्टले अघिल्लो एक खेलमा ह्याट्रिक गरेकोले यस प्रतियोगितामा सर्वाधिक गोलकर्ताको दावेदारी आफुलाई प्रस्तुतः गरेका छन ।
खेलको ६० औं मिनेटमा रन्जन विष्टले करीब ३५ यार्डबाट प्रहार गरेको वल गोलमा परिणत भयो । विपक्षि गोलरक्षक विशाल श्रेष्ठ फष्टवारमा भए पनि विष्टले फष्ट वार च्याप्दै प्रहार गरेको वल गोल्कीपरको माथिल्लो भागबाट गएर गोल भएको हो । पहिलो गोल गरेको ३ मिनेट बित्न नपाउदै पुलिसको गल्तीको फाईदा उठाउदै एपिएफले आफ्नो जित सुनिस्चित पारेको हो । खेलको ६३ औं मिनेटमा गोल्कीपर श्रेष्ठको हातबाट फुत्केको वल विष्टले गोल्कीपरलाई छल्दै खाली पोष्टमा वललाई दिशा दिएका हुन । रन्जन विष्टले खेलको ८३ औं मिनेटमा डि वक्स भित्रबाट पोष्ट चार्ज गर्दा गोल्कीपरबाट रिवाउण्ड भएको वललाई पुलिसका सन्तोस विकले क्लीयर गरी रन्जनको ह्याट्रिक गर्ने अवसर चुकाईदिए ।
खेलको सुरुवातमै पुलिसले पाएको राम्रो अवसर सदुपयोग हुन नसक्दा यस प्रतियोगिताबाट विट मार्नु पर्यो । खेलको १२ औं मिनेटमा सुनिल लामाले पोष्टमा चार्ज गर्दा क्रस वारमा लागेर रिवाउण्ड भएको वल जुमानु राईले करीब ३० यार्डबाट प्रहार गर्दा गोल हुन सकेन । पहिलो हापमा केहि दवादमा पारेको पुलिसले दोश्रो हापमा भने एपिएफको दवाब खेप्नु परेको थियो । पुलिसका प्रशिक्षक विराट कृष्ण श्रेष्ठले आफुहरुको गल्तीको फाईदा उठाउदा एफिएफसंग आफुहरु पराजित हुनु परेको बताए । उनले भने “हाम्रा खेलाडीहरुले व्याक पास खेल्दा केहि खेलाडीहरुको मिस्टेकलाई एपिएफले फाईदा लिदा हामी पराजित भएका हौं । ” एपिएफका प्रशिक्षक जनक सिंहले आफुहरुको पहिलो हापमा केहि मिस पास खेले पनि दोश्रो हाप पछि खेल सुधार गरे पछि जित भएको बताए । उनले आगामी खेलमा पनि आफुहरु फो फो टु रणनितीमा खेल्ने जनाए । भोलि आईतबार मनाङ मस्र्याङदी क्लव बिरुद्ध रमपम झापा ११ बिच दोश्रो क्वाटरफाईनल खेल हुने भएको छ । झापाले रुपन्देहि ११ लाई पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाउदा मनाङले सिधै वाई पाएर क्वाटरफाईनलमा यात्रा पाएको हो । एपिएफले सेमिफाईनल खेलमा भोलिको विजेता टिमसंग खेल्ने भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution