पश्चिमाञ्चल क्षेत्रीय कराँते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

  • पोखरा न्यूज
  • २०७३ बैशाख ४
पश्चिमाञ्चल क्षेत्रीय कराँते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

लेखनाथ, ४ बैंशाख –

सात तालको बगैँचा शहर लेखनाथ नगरपालिकामा यही वैशाख ५ गते गते पश्चिमाञ्चल क्षेत्रीय पुरुष तथा महिला फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु हुने भएको छ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल क्योकुशिन बुदोकाई कराँते संघ, लेखनाथको आयोजना एवम् राइजिङ स्टार यूथ क्लबको सहआयोजना र भूपू सैनिक क्लब, राइजिङ स्टार यूथ क्लब, लिटल फ्लावरस एजुकेशनल एकेडेमी सहित स्थानीय संघ संस्थाको विशेष पहल एवम् व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको उदघाटन क्षेत्रीय प्रशासक शंकर प्रसाद कोईरालाले गर्ने कार्यक्रम रहेको प्रचारप्रसार उप समितिका संयोजक विष्णुहरि पौडेलले जानकारी दिएका छन् ।

विभिन्न तौल समूहमा खेलाइने प्रतियोगितामा पश्चिमाञ्चलका विभिन्न जिल्ला सहित काठमाडौँ, सर्लाही र धनुषाबाट समेत गरी १२० जना खेलाडीको सहभागिता हुने बताइएको छ । मूल आयोजक समितिका संयोजक सु।जगबहादुर गुरुङका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब पाँच लाख २२ हजार ८०० रुपैयाँ लाग्ने अनुमान गरिएको र उक्त रकमको स्रोत जुटाउने काम सुरु भैसकेको छ ।प्रतियोगिताको तौल समूहमा पुरुष जुनियर तर्फ क्रमशः ३०, ३५, ४० र ५० किलो ग्राम मुनि र पुरुष सिनियरतर्फ ५५ के।जी मुनि र खुल्ला तौल समूह रहेको छ ।त्यस्तै महिला जुनियर तर्फ ३० र ४५ केजी मुनि र महिला सिनियरमा खुल्ला तौल समूह रहेको आयोजकले जनाएको छ ।प्रत्येक तौल समूहका प्रथम, द्वितीइ, तृतीय र उत्कृष्ट खेलाडीलाई शिल्ड, मेडल, प्रमाणपत्र सहित पुरस्कृत गरिने भएको संयोजक गुरुङले जानकारी दिनुभयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस