विष्णुपादुका र सत्य युवा क्लव शुभकामना कपको सेमिफाइनलमा प्रवेश

  • पोखरा न्यूज
  • २०७३ बैशाख ४
Post Thumbnail

 

पोखरा, ४ बैशाख

 हेमजा युनाईटेड पोखरा–२९ हेमजाले आयोजना गरेको शुभकामना कपमा विष्णुपादुका क्लव पहेलो सत्य युवा क्लव सेमिपफाईलमा प्रवेश गरेका छन् ।
शनिवार भएको पहिलो खेलमा सत्य युवा क्लव बाझापाटनले नवआर्दश क्लव लामाचौरलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गरयो। प्रतियोगितामा सत्य युवा क्लवका तर्फबाट जर्सी नं ६ का राकेश गुरुड्ड ले २ गोल, जर्सी नं. ११ का हेमन्त थापा, जर्सी नं. १३ का भूपाल गुरुड्ड, र जर्सी नं.२ का कुशल गुरुड्ड र जर्सी नं १९ का प्रदिप गुरुड्डले एक- एक गोल गरेका थिए।  नव आर्दश क्लव लामाचौर का तर्फबाट भने जर्सी नं २३ का मनोज गुरुड्डले खाता खोल्न मात्र सफल भएका थिए । प्रतियोगितामा म्यान अफ दि म्याच सत्य युवा क्लवका जर्सी नं ६ का राकेश गुरुड्ड घोषित भएका छन् ।

त्यसैगरि प्रतियोगिताको दोस्रो खेलमा विष्णुपादुका पहेलोले शसस्त्र प्रहरी वललाई ३– २ ले पराजित गरेको थियो। विष्णुपादुकाका तर्फबाट जर्सी नं ७ का विश्व गुरुड्ड, जर्सी नं ५५ रोशन कार्की र जर्सी नं १२ का प्रविण थापाले एक- एक गोल गरेका थिए भने शसस्त्र प्रहरी बलका तर्फबाट जर्सी नं ९ का चुडा चौधरी र जर्सी नं २१ का ईश्वर बाँनियाले एक – एक गोल गरेका थिए ।  प्रतियोगितामा विष्णु पादुकाका जर्सी नं १२ का प्रविण थापा म्यान अफ दी म्याच घोषित भएका छन् ।

आइतबार हुने पहिलो सेमीफाइनलखेलमा विहान ११ बजे सत्य युवा क्लव बाँझापाटन र हेमजा युनाइटेड निलोबीचमा हुनेछ भने दोस्रो सेमीफाइनल खेल हेमजा युनाइटेड पहेलो र विष्णुपादुका पहंलो बीचमा हुने आयोजकले जानकारी दिएको छ । खेललाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागि विशेष सुरक्षा अवलम्बन गरिनुका साथै विशेष तहमा स्वयंसेवक परिचालन समेत गरिएको कुरा युवा परिचालन कमिटीका संयोजक प्रेम बहादुर कुँवरले जानकारी दिए ।

युवा एकता र विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता बैशाख ७ गते सम्म गौरी शंकर खेल मैदान गैरीमा चल्ने छ। प्रतियोगितामा १२ टिमको सहभागि रहेको छ।

खेलकुदको माध्यमबाट कुलतमा फसेका साथै वेरोजगार युवा युवतीहरुलाई विकृति र विसङ्गति बाट जोगाई सहि बाटो देखाउनका लागि टेवा पुरयाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार एक सय ११, दोस्रा हुनेलाई ६१ हजार एक सय ११, कप मेडल ट्रफि र प्रमाण पत्र प्रदान गरिने हेमजा युनाईटेडका सहसचिव खिमलाल तिमिल्सिनाले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस