पोखरा, ०७ बैशाख –
धरान फुटवल क्लब पोखरामा जारी पाँचौ पोखरा कपको सेमिफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा पाँहुना टोली उडिसा फाओ एकेडेमी भारतलाई ३— ० ले हराउदै धरान अन्तिम चारमा पुगेको हो ।
पहिलो हाफ बराबरीमा सकिएपनि खेलको ५९ औं मिनेटमा धरानका तीर्थ बस्नेतले गोलको खाता खोलेका थिए । खेलको ७५ औं मिनेटमा लक्ष्मण रुचालले अग्रता दोब्बर पारे भने जिम्मीले ८४ औं मिनेटमा धरानको लागि तेस्रो गोल गरेका थिए । म्यान अफ दी म्याच धरान एघारका वर्तमान राइ घोषित भए ।
खेल तालिका अनुसार दिल्ली युनाईटेड एफसीले प्रतियोगितामा सहभागीता जनाउने भनिएपनि अन्तिम समयमा अर्को भारतीय टिम आएको हो ।
आजको विजेता धरानले फाईनल प्रबेशको लागि बैशाख ९ गते आर्मी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत भोलिको पहिलो सेमिफाईनल खेल मनाङमस्र्याङदी क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबको विचमा हुनेछ । प्रतियोगिताको फाईनल खेल बैशाख ११ गते हुनेछ ।
खेल पश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै धरान फुटवल क्लवका प्रशिक्षक सुवास केसीले आजको खेल राम्रो भएको बताए । अव आर्मी संग हुने खेल पनि राम्रो प्रस्तुती रहने उनको भनाइ रहेको थियो ।
त्यस्तै उडिसा फाओ एकेडेमी भारतका प्रशिक्षक एस के मन्जुरले नेपालमा पहिलो पटक फुटवलमा सहभागी हुन पाउदा खुसी लागेको वताए । आफ्नो अण्डर २२ को खेलाडीले नेपालको राम्रो टीम संग प्रतिस्पर्धा गर्नु नया अनुभव भएको उनको भनाइ रहेको थियो । आफ्नो खेलाडीले राम्रो खेल प्रस्तुत गरेको उनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution